मंगलबार, जेठ २६, २०८३

नारायणगढमा टिभिएसको 'एओजी राइड'

नारायणगढमा टिभिएसको अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न भएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९
National life
Shivam cement

काठमाडौं- नारायणगढमा टिभिएसको अपाचे ओनर्स ग्रुप (एओजी) राइड सम्पन्न भएको छ।  टिभिएसले आफ्नो ग्राहकको लागि एओजी नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ।

टिभिएसले शनिबार नारायणगढको मल्लश्री मोटर्सबाट सौराहाको होटल पार्क ल्याण्डसम्म ४० जना राइडरको सहभागितामा उक्त राइड सम्पन्न गरेको हो। टिभिएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी र लुम्बिनी च्यापटरमा सम्पन्न गरिसकेको छ। उक्त कार्यक्रम आगामी समय सेती, बाँके र मेची च्याप्टरमा गर्ने अभियान रहेको बताइएको छ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरू छन्।


प्रकाशित: Aug 22, 2022| 18:01 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्