मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति विकास बैंकको नयाँ योजना- ६५ महिनामा पैसा डबल हुने

ज्योति विकास बैंकको नयाँ योजना- ६५ महिनामा पैसा डबल हुने

ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९
National life
Shivam cement

काठमाडौं- ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको हो।

व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ। यस खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा विदेशमा रहेका ग्राहकहरु द्वारा अनलाइनबाटै अपडेट गरि संचालनमा ल्याउन सकिनेछ।

साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ। यो योजना २०७९ भदौ महिना सम्मको लागि लागु हुनेछ। त्यसैगरी, रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि “ज्योति दुई गुणा डिपोजिट” मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि संचालनमा ल्याइएको छ।


प्रकाशित: Aug 22, 2022| 17:39 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्