शुक्रबार, असोज ९, २०८३

बुटवलदेखि पाल्पासम्मको एनओजी राइड

जगदम्बा मोटर्सले आयोजना गरेको बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडमा ६० जना राइडरहरूको सहभागिता रहेको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- जगदम्बा मोटर्सले आयोजना गरेको बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडमा  ६० जना राइडरहरूको सहभागिता रहेको छ। उक्त राइड बुटवलबाट सुरु भएर पाल्पाको रैनादेवीस्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो। राइडमा सहभागीहरूबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो।

साथै, सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहारहरू पनि प्रदान गरियो।  उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले बताएका छन्। 

साथै, उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।


प्रकाशित: Aug 22, 2022| 17:34 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्