मंगलबार, जेठ २६, २०८३

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९
National life
Shivam cement

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए। यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: Aug 22, 2022| 17:26 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्