शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट

सिद्धार्थ बैंक र मोरङको विराटचोक स्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- सिद्धार्थ बैंक र मोरङको विराटचोक स्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्।  यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।


प्रकाशित: Aug 22, 2022| 17:24 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्