बिहीबार, असार ३२, २०८३

बिमस्टेक सम्मेलन : परराष्ट्र सचिवहरु जुटे छलफलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- भदौ १४ र १५ गते हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा प्रस्तुत हुने एजेन्डाहरुलाई अन्तिमरुप दिन सदस्य राष्ट्रका परराष्ट्र सचिवहरुको बैठक सुरु भएको छ  । 

काठमाडौंमा सुरु भएको बैठकमा बिमस्टेकको मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका एजेन्डामाथि छलफल भइरहेको छ । सचिवस्तरीय बैठकमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी सहयोगका सात विषयमा छलफल भइरहेको छ । 

सचिवस्तरीय बैठकले पास गरेका अजेन्डामाथि बुधबार बस्ने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा छलफल गरिनेछ । त्यसपछि ती अजेन्डा बिहीबार र शुक्रबार बस्ने बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको बैठकमा लगिनेछ ।

सहमति जुटेका समझदारी तथा सम्झौतापत्रमा अन्तिममा हस्ताक्षर गरिनेछ। बैठकमा अध्यक्षता नेपालका परराष्ट्र सचिव शंकर दास वैरागीले गरेका छन् । बिमस्टेकका महासचिव शहिदुल इस्लामले बैठकमा विशेष सम्बोधन गर्नेछन्। बैठकमा बिमस्टेक महासचिवले प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।