बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिमस्टेक बारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने

बिमस्टेक बारे प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार संसद्मा सम्बोधन गर्ने भएका छन् ।  

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चाैथाे शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् । 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिने भएका छन् । 

 यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको चाैथाे औँ शिखर सम्मेलन हुँदैछ । सम्मेलनको करिब सबै तयारी सकिएको छ भने आजबाट सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरुको आउने क्रम सुरु हुँदै छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।