१ जनवरी १९७१। शुक्रबारका दिन बम्बई कलेजमा धेरै कम विद्यार्थी उपस्थित भएका थिए। कर्मचारी तथा शिक्षकहरुले किन यस्तो भयो भन्ने भेउ नै पाएनन्। न कुनै बिदा न कुनै चाडपर्व। सबै विद्यार्थी आखिर कहाँ गए त?
क्यान्टिनबाट चिया लिएर कोठामा पसेको एक केटोले रहस्य खोलिदियो। त्यसदिन राजेश खन्नाको फिल्म 'आनन्द' रिलिज भएको रहेछ र सबै विद्यार्थी फिल्म हेर्न गएका रहेछन्। यो कुरा त्यस कलेजको मात्रै थिएन। त्यसदिन मुम्बईका धेरै कलेजका विद्यार्थी, विशेषगरी केटीहरु कक्षा बंक गरेर आफ्नो मन पर्ने हिरोको फिल्म 'आनन्द' हेर्न पुगेका थिए।
कुर्ता सेटमा चस्मा लगाएका युवाहरु पनि राजेश खन्नाका फ्यानका आँखामा पर्न चाहन्थे। फिल्मका निर्देशक ऋषिकेश मुखर्जीले हाँसो र आँसुको भावनालाई कथामा यसरी बुनेका छन् कि फिल्म हेरेपछि हलबाट बाहिर निस्केका सबैका आँखा आँशुले भिजेका थिए। यासिर उस्मान राजेश खन्नाको जीवनी 'राजेश खन्ना: द अनटोल्ड स्टोरी अफ इन्डियाज फर्स्ट सुपरस्टार' मा लेख्छन्, 'राजेश खन्नाले आनन्द सहगलको चरित्रमा दिलोज्यान लगाएका थिए। उक्त पात्रबाट दर्शक पूर्ण रुपमा प्रभावित भई फिल्मको डाइलग 'जिन्दगी बडी होनी चाहिए बाबु मोशाइ, लम्बी नहीँ' भन्दै हलबाट बाहिर निस्के।'
राजेश खन्नाको उत्कृष्ट अभिनय