सोमबार, माघ २३, २०७९

किस्सै-किस्सा जोडिएको एउटा फिल्म 'मुगल-ए-आजम'

बीबीसी  |  काठमाडौं, शनिबार, असार ३२, २०७९

बीबीसी

बीबीसी

शनिबार, असार ३२, २०७९, काठमाडौं

नेपाल समय
फिल्म मुगल-ए-आजमको एक पोस्टरमा नायक दिलिपकुमार र नायीका मधुबाला

प्रसिद्ध चित्रकार मकबुल फिदा हुसैनले 'मुगल-ए-आजम' फिल्मको बारेमा भनेका थिए, 'फिल्म आफैंमा आँखालाई राहत दिने कुरा हो। निर्देशक के आसिफले जसरी सबै उपलब्धिहरू पूरा गरेका छन्। यो एउटा पेन्टिङ बनाउनुजस्तै हो। यदि फेरि यस्तो फिल्म बन्ने हो भने के आसिफ मात्रै यो संसारमा फर्किनुपर्छ, यो सफलता अरू कसैले हासिल गर्न सक्दैन।' 

मुगल-ए-आजमको लागि आसिफका जुनुनी कथाहरु अरु पनि छन्। कुनै बेला चर्चित संगीतकार नौशाद फिल्म 'उडनखटोला'को संगीतमा व्यस्त हुँदा आसिफले उनको घरमा गएर 'ठूला कुरा गर्नुको सट्टा बरु कुनै ठूलो काम गर' भन्दै सुझाउँथे। उनै निर्देशक आसिफले संगीतकार नौशादलाई एक दिन 'मुगल-ए-आजम'मा संगीतको अफर गरे।

'आसिफ मुस्कुराइरह्यो। यसैबीच नोकर चियाको ट्रे लिएर कोठामा पस्यो। कोठाको दृश्य देखेर उसले ट्रे त्यहीँ राख्यो र कोठाभरि नोट छरिएको कुरा मेरी श्रीमतीलाई बताउन तल्लो तलातिर दौडियो। जब मेरी श्रीमती माथि आई, उसले देखी- आसिफ साहब मुस्कुराउँदै चियाको चुस्की लिइरहेका थिए।'

अगस्ट १९८४ मा प्रकाशित उर्दू पत्रिकामा शमाको लेख 'नौशाद की कहानी नौशाद की जुबानी' मा नौशादले लेखेका छन्, मैले उनलाई माफ गर्न भनेँ किनभने म धेरै खराब छु र मेरो स्वास्थ्य पनि ठीक छैन। उनले एक लाख रुपैयाँ मेरो हार्मोनियममा राखेर भने, 'यो त अग्रिम हो। मैले रिसाएर फ्याँकिदिएँ। कोठामा सबै नोट छरिएका थिए। आसिफ मुस्कुराइरह्यो। यसैबीच नोकर चियाको ट्रे लिएर कोठामा पस्यो। कोठाको दृश्य देखेर उसले ट्रे त्यहीँ राख्यो र कोठाभरि नोट छरिएको कुरा मेरी श्रीमतीलाई बताउन तल्लो तलातिर दौडियो। जब मेरी श्रीमती माथि आई, उसले देखी- आसिफ साहब मुस्कुराउँदै चियाको चुस्की लिइरहेका थिए। मेरी श्रीमतीले के भयो भनेर सोध्दा आसिफले भने- पतिलाई सोध। मेरी श्रीमती र नोकर भुइँमा परेका नोटहरू उठाउन थाले। आसिफले मलाई भने, 'नौशाद साहब जिद्दी नगर। पैसा राख। तिमी मसँग काम गर्छौ। मैले पनि मुस्कुराउँदै भनेँ- तपाईंको पैसा फिर्ता लानुहोस्, हामी सँगै काम गर्छौं।'

जब भुट्टो र चाउ एन लाइले 'मुगल-ए-आजम'को सुटिङ हेरे

पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फिकार अली भुट्टो

'मुगल-ए-आजम'को सुटिङ हेर्न भीआईपीहरु चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ, प्रसिद्ध उर्दू कवि फैज अहमद फैज र पाकिस्तानका प्रधानमन्त्री जुल्फिकार अली भुट्टो पनि आएका थिए। त्यसको उल्लेख गर्दै नौशादले लेखेका छन् , 'त्यतिबेला मुम्बईको वर्ली सी फेसमा एउटा सुन्दर कोठी थियो। १९५४ र १९५८ को बीचमा भुट्टो प्रायः यही कोठीमा बस्थे, जब उनको सम्पूर्ण परिवार पाकिस्तान गएको थियो। उनी मधुबालासँग बिहे गर्न चाहन्थे। उनले मधुबालालाई लन्चको समयमा यो कुरा व्यक्त गरेका पनि थिए। उनीहरुबीच कानेखुशीसमेत भएको थियो।'

जब दिलीप कुमार र मधुबालाबीच बोलचाल बन्द भयो

फिल्म मुगल-ए-आजमको एक पोस्टर

मधुबालाले 'मुगल-ए-आजम'मा आफ्ना नायक दिलीप कुमारलाई आफ्नो हृदय दिएकी थिइन्। दिलीप कुमार आफ्नो आत्मकथा 'द सब्सटेन्स एन्ड द छाया एन अटोबायोग्राफी' मा लेख्छन्, 'मधुबाला उत्साहले भरिपूर्ण केटी थिइन्। उनका कारणले गर्दा मेरो लजालुपन र कम बोल्ने बानी हट्दै गयो। तर जब 'मुगल-ए-आजम'को छायांकन आधा सकिसकेको थियो, हामीबीच यति धेरै गलत कुराले स्थान पायो कि हामीले कुरा गर्न पनि छोड्यौं।'

अर्को रमाइलो किस्सा के भने, आसिफले खास सिनका लागि अकबर बनेका पृथ्वीराजका लागि चार हजार रूपैयाँको जुत्ता बनाएर दिएपछि जब क्यामेराम्यान आरडी माथुरलाई यो कुरा भनियो, उनले आसिफलाई भने- यी जुत्ताहरु शटमा पनि देखिने छैनन्। राज कुमार केसरवानी आफ्नो पुस्तक 'दास्तान ए मुगल-ए-आजम' मा लेख्छन्, 'आसिफले यसको जवाफमा भने, यो नभुल्नु कि अकबरको जुत्ताको मूल्य थाहा छ। जब उनी यस्तो विलासी जुत्तामा हिँड्छन्, उनको हिँडाइमा वास्तवमै त्यो सिन मुगल सम्राटको महिमा झल्किन्छ।'

मुगल-ए-आजम फिल्मको एक दृश्यमा पृथ्वीराज कपूर

शीशमहलको सेटका लागि बेल्जियमबाट सिसा ल्याइयो

'मुगल-ए-आजम'को सुटिङका ​​क्रममा शीशमहलको सेट निर्माण गर्न करिब दुई वर्ष लागेको थियो। आसिफले जयपुरको आमेर फोर्टको शीश महलबाट सेटको प्रेरणा पाएका थिए। भारतमा पाइने रंगीन सिसा त्यति राम्रो नभएकाले आसिफले बेल्जियमबाट यो सेटको लागि सिसा ल्याएका थिए। खतिजा अकबर मधुबालाको जीवनी 'द स्टोरी अफ मधुबाला' मा लेख्छिन्, 'शीशमहलको सेट निर्माण हुँदै थियो त्यसै समय इद आयो।'

फिल्मका निर्माताका अनुसार मिस्त्री रसम इदको उपहारसँगै आसिफको घर पुगेका थिए। उनको हातमा चाँदीको प्लेट थियो जसमा केही सुनका सिक्का र एक लाख रुपैयाँ राखिएको थियो। आसिफले टोकनको रूपमा एउटा सिक्का उठाए। उनले पैसा पनि उठाए तर तुरुन्तै शापूरजी मिस्त्रीलाई फिर्ता गर्दै उनले भने, 'यो पैसा मेरो लागि बेल्जियमबाट सुटिङका लागि सिसा ल्याउन प्रयोग गर्नुहोस्।'


शापुरजीले आसिफको ठाउँमा सोहराब मोदीलाई नियुक्त गर्ने मन गरे

'मुगल-ए-आजम'को बजेट यति धेरै भयो कि फाइनान्सर शापूरजीले आसिफसँगै सोहराब मोदीलाई पनि फिल्मको निर्देशन गर्न दिने निर्णय गरे। मोदीका त्यसबेला पुकार र सिकन्दर जस्ता ऐतिहासिक फिल्म चर्चित भइसकेका थिए।

एक दिन सोहराब मोदी 'मुगल-ए-आजम'को सेटमा आए। उनले पूरै सेटको निरीक्षण गरे र आसिफलाई सोधे- कति दिनमा प्यार किया तो डरना क्या गीत छायांकन गर्नुहुन्छ? आसिफको जवाफ थियो- लगभग ३० दिनमा सकिन्छ।' यो सुनेपछि ६ दिनमा छायांकन गर्न सकिने मोदीले बताए।

त्यसबेला मधुबालाले निर्देशक आसिफलाई समर्थन गर्दै आसिफको ठाउँमा अरु कोही आएमा फिल्मबाट पछि हट्ने घोषणा गरिन्। दीलिप कुमारलाई पनि यो कुरा थाहा भएपछि उनले शापुरजीसँग भने 'यसपटक निर्देशक परिवर्तन गर्नु फिल्मका लागि घातक साबित हुनेछ।'  उनले यतिसम्म भने कि 'शापूरजी, मेरो बक्यौता नदिनुहोस् तर आसिफलाई फिल्म पूरा गर्न दिनुस्।'


राजाको जस्तो सोच राख्ने आसिफ

सोहराब मोदीले शापूरजीलाई भने- आसिफले पैसा कमाउनको लागि यो फिल्मलाई लामो समय लिँदैछन्। तर व्यक्तिगत जीवनमा आसिफलाई पैसासँग कुनै मतलब थिएन।

उनी दयालु स्वाभावका थिए र आफ्नो पैसा गरिबको विवाहमा खर्च गर्न वा कुनै भाडमा बस्नेहरुको घरको भाडा तिर्न वा बच्चाको स्कुलको शुल्क तिर्न वा कुनै व्यक्तिको उपचारमा दिन कुनै हिचकिचाहट थिएन। न त उनको आफ्नै घर र कार थियो। उनी सधैं कालो र पहेँलो ट्याक्सीमा आउने जाने गर्थे।

तस्बिर : गेट्टी ईमेज 

शापुरजीलाई उनमा यति धेरै विश्वास थियो कि उनले फिल्मका कलाकारहरुलाई सिधै पैसा नदिई आसिफको नाममा चेक काट्ने गर्दथे र आसिफले ती कलाकारहरुलाई पैसा दिने गर्थे। आसिफका छोरा अख्तर आसिफ भन्छन्, 'मेरो बुबाको जीवन विरोधाभासले भरिएको थियो। उहाँ राजाजस्तै सोच्नुहुन्थ्यो तर जोगीको जस्तै जीवन बिताउनुभयो।'

जब तातो बालुवामा पृथ्वीराज कपुरलाई हिँड्न लगाइयो


आशिफलाई पर्फेक्सन चाहिन्थ्यो। उनले चर्को घाम र तातो बालुवामा रहेको सलिम चिश्तीको चिहानमा पृथ्वीराज कपूर हिँडेको दृश्य फिल्ममा समेटे। उनले पृथ्वीराजलाई तातो बालुवामा हिँड्न असह्य भयो भनेमात्रै हातले इसारा गर्न भनेका थिए।

क्यामेराम्यान आरडी माथुर पृथ्वीराज कपुरको इशाराको पर्खाइमा रहे तर उनले इशारा पाएनन्। आसिफले कट नभनेसम्म पृथ्वीराज कपूर चर्को बालुवामा हिँडिरहे।राज कुमार केसरवानी आफ्नो पुस्तक 'दास्तान ए 'मुगल-ए-आजम' मा लेख्छन्, 'पृथ्वीराज कपूरलाई नैतिक समर्थन दिन के आसिफले आफ्ना दुवै जुत्ता फुकालेर बालुवामा खाली खुट्टा हिँडे।

शट पूरा हुने बित्तिकै उनी कपूरलाई अँगालो हल्न दौडिए। त्यतिन्जेल पृथ्वीराज कपूरको खुट्टाको छाला गइसकेको थियो।

मधुबालालाई लच्छु महाराजले नृत्य सिकाए


'मोहे पंघट पे नन्दलाल छेड गयो' गीत छायांकन भइरहेका बेला पहिले आसिफ र त्यसपछि कोरियोग्राफर लच्छु महाराज नौशादकहाँ आएर भने, 'नौशाद साहब यो गीतलाई वाजिद अली शाहको दरबारको ठुमरी र दादरा याद आओस्।' 

नौशादले नृत्यमा अनुहार र हातको हाउभाउ सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताए। 'यो गीत मधुबालामाथि छायांकन हुनेछ। उनले नृत्य कहिल्यै सिकेकी छैनन्। उनले यसमा न्याय गर्न सक्लिन्?' उनले भने। लच्छु महाराजले भने, 'यो कुराको जिम्मा मलाई छोडिदिनुहोस्।' उनले मधुबालालाई सुटिङअघि घण्टौंसम्म नृत्य सिकाए। सम्पूर्ण गीत मधुबालामाथि नै खिचिएको थियो र यसमा कुनै कृत्रिमता थिएन।

आसिफले २५ हजार दिएर बडे गुलाम अलीलाई साइन गराए 

प्रख्यात संगीतकार बडे गुलाम अली खाँ

एक दिन आसिफले नौशादलाई पर्दामा तानसेनले गाएको देखाउन आफूले चाहेको बताए। यसलाई कसले गाउने भन्ने प्रश्न उठ्यो। नौशादले त्यो समयका तानसेन बडे गुलाम अलीलाई गाउन लाउनु पर्ने बताए तर आफू त्यसका लागि तयार नहुने बताए। आसिफले भने- तिमी मलाई छोडिदेउ। जब आसिफले बडे गुलाम अलीलाई गीत गाउन अनुरोध गरे, उनले गाउन अस्वीकार गरे।

राजकुमार केसवानी लेख्छन्, 'आसिफले हार मानेनन्। उनले भनेका थिए- गीत तिमी मात्र गाउँछौ। नौशादलाई आश्चर्यमा हेरेर उस्तादले सोधे, तिमी पागल हौ क्या हो? होइन। उस्तादले मुस्कुराउँदै जवाफ दिए - मलाई पनि पागलहरुको उपचार गर्न खुब मन लाग्छ। म गीतको लागि यति पैसा माग्छु कि सारा पागलपन निको हुनेछ।'

'उस्तादले निश्चय गरे, म गाउनेछु तर पच्चीस हजार रुपैयाँ लिन्छु। आसिफ मुस्कुराए, आफ्नो चुरोटको खरानी झारे र खल्तीबाट नोटको बन्डल निकालेर बुझाए। मात्र पच्चीस हजार रुपैयाँ मात्रै स्वीकार्छु।' उस्तादले 'प्रेम जोगन बन के, जोगन सुन्दरी पिया र चले' र 'शुभ दिन आयो राज दुलारा' एकपछि अर्को गरी दुईवटा गीत रेकर्ड गरेका थिए।

टिकटका लागि तस्बिर रिलिज हुनुभन्दा तीन दिनअघिदेखिको त्यो लामो लाइन


फिल्मको अग्रिम बुकिङ सुरु हुनुअघि आसिफले फिल्म हल मराठा मन्दिरमा पूजापाठ गराए। मुसलधारे पानी परे पनि टिकट बुकिङ सुरु हुनुभन्दा तीन दिनअघिदेखि नै टिकटका लागि लाइन लाग्न थालेको थिए।  अवस्था यस्तो भयो कि मानिसहरु त्यहीँ खान-पिउन र सुत्न थाले। लाइनमा उभिएका मानिसहरूका लागि घरबाट टिफिनमा खाना आउँथ्यो। सम्पतलाल लोढा नाम गरेका व्यक्तिले यसको पहिलो टिकट खरिद गरेका थिए। ७५ पैसा र २ रुपैयाँमा पाइने टिकट ब्ल्याकमा खरिद गर्दा १ सयदेखि २ सय रुपैयाँमा बिक्री हुने गरेको थियो।

'मुगल-ए-आजम' अगस्ट ४, १९६० मा प्रिमियर भयो। फिल्मका प्रिन्टहरु हात्तीमा राखेर थिएटरसम्म लगिएको थियो। फिल्म हलहरुमा मानिसको भीड यति थियो कि महाराष्ट्रका मुख्यमन्त्री यशवंतराव चौहाणलाई हलसम्म पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।

तर प्रिमियरमा फिल्मका नायक दिलीप कुमार र नायिका मधुबाला भने अनुपस्थित थिए। मधुबाला मुटुको रोगले यति धेरै पीडित थिइन् कि उनले यति ठूलो उत्सवमा भाग लिने हिम्मत जुटाउन सकिनन्। चलेको ७७ हप्तासम्म, 'मुगल-ए-आजम' मराठा मन्दिर थिएटरमा हाउसफुल भइरह्यो।

फिल्मफेयरको बेवास्ता

भारतभर हंगामा मच्चाएको यो फिल्मलाई फिल्मफेयरले तीन अवार्डका लागि मात्र छनोट गरेको थियो। फिल्मका हरेक गीत मानिसको ओठमा झुण्डिरहेक थिए तर पनि त्यस वर्षको उत्कृष्ट संगीतको अवार्ड 'दिल अपना और प्रीत पराई'को संगीतका लागि शंकर जयकिशनले पाए।

फिल्मफेयरले यस फिल्ममा पृथ्वीराज कपूर र दिलीप कुमारको अभिनयलाई पनि बेवास्ता गरेको थियो। त्यस वर्ष उत्कृष्ट अभिनेताको अवार्ड दिलिप कुमारले त पाए तर फिल्म 'कोहिनूर'का लागि। मधुबालामाथिको फिल्म 'घुंघट'का लागि बिना राय उत्कृष्ट अभिनेत्रीको अवार्डमा छनोट भइन्।

'मुगल-ए-आजम'ले सर्वश्रेष्ठ फिल्म, सर्वश्रेष्ठ छायांकन र सर्वश्रेष्ठ संवादको लागि जम्मा तीन पुरस्कार जित्यो। यस निर्णयबाट आक्रोशित के आसिफले 'मुगल-ए-आजम'का लागि घोषित सर्वोत्कृष्ट फिल्मको अवार्ड पनि लिन अस्वीकार गरे। चाखलाग्दो कुरा के छ भने 'मुगल-ए-आजम'को सुटिङ सकिएपछि गुरु दत्तले आफ्नो फिल्म 'चौधवीँका चन्द' को सेट बनाउन फिल्म सेटका नक्काशीदार खम्बेसँग ऋण लिएर तयार पारेका थिए।

'मुगल-ए-आजम'का कला निर्देशक एमके सैयदलाई फिल्मफेयरले पुरस्कारको योग्य ठानेन तर आफूबाट ऋण लिएर बनेको सेट जडान गरेका वीरेन नागले 'चौधवीँका चन्द' बाट उत्कृष्ट कला निर्देशकको अवार्ड पाए।

८० हजार फिटको फुटेज

मुगल-ए-आजम हिन्दी, अंग्रेजी र तमिल गरी तीन भाषामा बनेको थियो। अंग्रेजी संस्करणको नाम 'द ग्रेट मुगल' थियो तर यो फिल्म कहिल्यै रिलिज भएन। तमिल संस्करणको नाम 'अकबर' थियो तर दर्शकले मन पराएनन्।

फिल्म मुगल-ए-आजमको एक पोस्टरमा नायीका मधुबाला

सुटिङका ​​क्रममा प्रत्येक शट तीन पटक खिचिएको थियो भने संवादहरु पनि तीनै पटक दोहोर्याइएको थियो। नतिजा यो भयो कि सुटिङको अवधि बढ्दै गयो र फुटेजहरू जम्मा हुन थाल्यो।

पर्फेक्शनको लागि आसिफको जोशको नतिजा यतिसम्म थियो कि छायांकनको अन्त्यमा लगभग ८० हजार फिटको फुटेज जम्मा भयो, जसको धेरै कम भागमात्र फिल्ममा प्रयोग गरिएको थियो। एक अनुमानका अनुसार यस फुटेजमा कम्तिमा चार 'मुगल-ए-आजम' बनाउन सकिन्थ्यो।

(रेहान फजलले बीबीसी हिन्दीका लागि तयार पारेको सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)


प्रकाशित: July 16, 2022 | 07:02:12 काठमाडौं, शनिबार, असार ३२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।

नेपालमा पनि राम्रो छ कमाइ 'पठान'को, शुक्रबारदेखि 'ह्यारीकी प्यारी' सँग प्रतिस्पर्धा

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

थप समाचार

नेपाल समय
फिल्म

सलमान र शाहरुखलाई सँगै देखाउन कैयौंपटक पुनर्लेखन गरिएको थियो 'पठान'

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ।
नेपाल समय
फिल्म

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।
नेपाल समय
फिल्म

सात सय करोड नाघ्यो ‘पठान’को कमाइ, छैन सुस्त हुने छाँट

फिल्मले २५ जनवरीमा ५५ करोड भारुको ओपनिङ गरेको थियो।
नेपाल समय
फिल्म

नेपालमा पनि राम्रो छ कमाइ 'पठान'को, शुक्रबारदेखि 'ह्यारीकी प्यारी' सँग प्रतिस्पर्धा

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ।
नेपाल समय
फिल्म

'पठान' ले बनाइसक्यो १७ रेकर्ड

२५ जनवरीमा रिलिज भएको यो फिल्मले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना