बिहीबार, असार ३२, २०८३

डुंगा दुर्घटना : ४ जनाको शव भेटियो, अझै एक बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रौतहट- शनिबार रौतहटको गौर नगरपालिका ४ स्थित टिकुलिया घाटमा डुंगा पल्टिदा बेपत्ता भएका मध्ये ४ जनाको शव भेटिएको छ । आइतबार बिहान २ जनाको शब भेटिएको थियो भने सोमबार बेलुका थप दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । 

औरहीयाकी ४२ वर्षीय रुना देवी कुर्मी र गौर नगरपालिकाकी ४५ वर्षीय शान्तिदेवी शाहको शव फेला आइतबार बिहान फेला परेको थियो । सोमबार फेला परेका शवको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

गत शनिबार साँझ पप्पु कन्ट्रक्सनले निमार्ण गरेर आधामै छाडेको टिकुलिया पुलको पिल्लरमा ठोकिएर डुंगा दुर्घटना भएको थियो । दुर्घटनामा परि अभैm एक जना वेपत्ता भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिए । दुर्घटनामा परेकामध्ये २१ जना पौडिएर बाँच्न सफल भएका थिए । 

पप्पु कन्ट्रक्सनले ४ वर्षअघि देखि सुरु गरेको काम बीचमै अलपत्र छाड्दा डुंगा दुर्घटना भएको भन्दै स्थानीयबासीले दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।