कञ्चनपुर- निर्मला पन्तको बलात्कार पछि भएको हत्या छानविनको माग गर्दै निरन्तर प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले कञ्चनपुरको महेन्द्रनगरमा लगाएको कर्फ्यू मंगलबार बिहानबाट पूर्ण रुपमा हटाएको छ ।
बिहान पाँच बजेबाट अर्को आदेश नभएसम्मका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू हटाएको हो। कर्फ्यू हटाइएसँगै महेन्द्रनगरको जनजीवन सामान्य बन्दै गएको छ।
स्कुल कलेजहरु खुलेका छन् भने सवारी साधन पनि चल्न थालेका छन् । बिहानैदेखि मानिसहरुको चहलपहल बढेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको साउन ११ गते बलात्कारपछि हत्याको विरोधमा आन्दोलन उग्र बन्न थालेपछि ूथानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।
सोही आन्दोलनका क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली प्रहार गर्दा भिमदत्तनगरपालिका–१८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको आठ गते गोली लागेर मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४