बिहीबार, असार ३२, २०८३

माया विकको परिवारलाई ५ लाख प्रदान गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलालीको गौरीगंगा–११ की माया विकको परिवारलाई प्रदेश सरकारले राहतस्वरूप पाँच लाख दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विकको परिवारलाई राहतस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले प्रदेशसभा बैठकमा जानकारी दिए।

यस्तै, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी कविता विष्टका परिवारलाई समेत राहात प्रदान गरिने मन्त्रीले जानकारी दिए। ‘कविताको घटनाका सम्बन्धमा सरकारले अध्ययन गरिरहेको छ र छिट्टै राहात घोषणा गरिनेछ,’ मन्त्री शाहले भने। 

सोमबारको बसेको प्रदेश सभा बैठकमा विशेष समय लिएर बोलेका प्रदेशसभा सदस्य डा. रणबहादुर रावल, कृष्णबहादुर चौधरी र महेशदत्त जोशीले बलात्कारपछि हत्या गरिएकी माया र कविताका परिवारलाई राहत प्रदान गर्न माग गरेका थिए। 

यस्तै, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र हत्यारालार्इ कारवाही माग गर्दै भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी खुनाका परिवारलाई ५/५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।