इटहरीः नेपाल कम्युनिस्ट विद्याथी नेताहरुले विद्यार्थी संगठनको पद तथा विभिन्न मन्त्री वा सरकारी कार्यालयमा स्वकीय सचिव पद त्याग गर्नुपर्ने भएको छ।
साविक एमालेको अनेरास्ववियुका धेरै नेताहरु अहिले सांसद मन्त्री हुँदै मुख्यमन्त्री अनि संघीय मन्त्रीसम्म स्वकिय सचिव छन। तर, साविक माओवादी र एमाले मिलेर नेकपा बनेपछि बनेको संयुक्त विद्यार्थी संगठनमा एमाले तर्फका विद्यार्थीहरुलाइ स्वकिय सचिव वा अखिल पदमा एक छाड्नै पर्ने नियम बनाइएको छ।
अनेरास्ववियुको हालसालै बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हा । यहि भदौ ९ गते सार्वजनिक भएको स्थायी समितिको पाँचौ नम्बरको निर्णयले राज्यको पदमा रहेका सबैलाइ अनेरास्ववियुबाट बिदा गर्ने निर्णय गरेको छ।
मेयर, उपमेयर, सांसद, मन्त्रीदेखि मुख्यमन्त्रीका स्वकिय सचिव तथा युवा परिषदमा रहेका विद्यार्थी नेताहरुलाइ अनेरास्ववियु छोड्ने वा उक्त सरकारी तलब भत्ताको पद छाड्ने सर्वसम्मत निर्णय गरेको छ। अनेरास्ववियु केन्द्रीय सचिव वसिम आलमका अनुसार विद्यार्थी राजनिति गर्ने र राज्यको लाभको पदमा बस्दा संगठनलाइ घाटा हुने भन्दै यस्तो निर्णय गरिएको हो। ‘म आफैं पनि संघीय मन्त्रीज्यूको स्वकिय सचिव भएर काम गरेको हुँ।
त्यसो गर्दा संगठनलाइ समय दिन निकै असहज हुन्थ्यो’, आलमले भने, ‘अब यो नियम बनेपछि विद्यार्थी राजनितिले उचाइ लिन्छ । शैक्षिक मुद्धाका सवालहरु सिरियस्ली उठछन ।’
समस्यामा मुख्यमन्त्री देखि संसद सम्मका स्वकिय सचिवहरु
अनेरास्ववियुले स्वकिय सचिव र अनेरास्यवियुमा एक छाड्न सर्वसम्मत निर्णयले प्रदेश १ का धेरै अनेरास्ववियु नेताहरु समस्यामा परेका छन । अनेरास्ववियु केन्द्रीय सचिव मकर खड्का मुख्यमन्त्री शेरधन राईका प्रमुख स्वकिय सचिव छन।
यस्तै, प्रदेश १ का सभामुख प्रदिप भण्डारीका स्वकिय सचिव एकराज दाहाल अनेरास्ववियू केन्द्रीय सदस्य हुन्। अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु यादव पनि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतका प्रमुख स्वकिय सचिव छन। अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोग अध्यक्ष तुलसि मैनाली संघीय अर्थमन्त्री युवराज खतिवडाका प्रमुख स्वकिय सचिव छन ।
यस बाहेक अन्य थुप्रै अनेरास्ववियुका केन्द्रीय तथा जिल्ला नेताहरु मेयर, उपमेयर, प्रदेश सांसद, सांघिय सांसद, मुख्यमन्त्री हुँदै संघिय मन्त्री सम्मका स्वकिय सचिव छन । राष्ट्रिय युवा परिषदको विभिन्न जिल्लामा अध्यक्षहरु पनि अनेरास्ववियुका नेताहरु छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४