बिहीबार, असार ३२, २०८३

फरार वडा सदस्य पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
उर्लाबारी- उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन्। 

आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिए। मोरङ–११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ। 

चालीस वर्षीय शाक्यलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ। उर्लाबारी-५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी पनि हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।