शुक्रबार, साउन १, २०८३

बन्‍ने भयो धमाहा खोलामा पुल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- रुपन्देहीको धमहा खोलामा पक्की पुल बन्ने भएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर १ सिसैघाटस्थित धमाहा खोलामा बन्ने पुलको सोमबार प्रतिनिधी सभा सांसद घनश्याम भुसालले शिलन्यास गरेका छन्। 

राष्ट्रिय ग्रामिण यातयात सुदृढिकरण कार्यक्रम अर्न्तगत बन्न थालेको उक्त पुल विश्व बैंकको सहयोगमा निर्माण हुन थालेको हो।  उक्त पुलको कुल लागत ८ करोड ४३ लाख ६ हजार १ सय २२ रुपैया ४ पैसा रहेको छ। पुलको शिलन्यास गर्दै पुर्वमन्त्री समेत रहेका भुसालले भने ‘जनतालाई हरेक क्षेत्रमा सहजता हुनुपर्दछ। त्यसकोलागि यातयातको सहजता मुख्य जरुरी छ। ’

जनप्रतिनिधीको काम जनताको दैनिक जीवन शैली कसरी सहज हुन्छ भन्ने तर्फ ध्यान दिने पनि उनले बताए। जिल्ला समन्वय समिती रुपन्देहीका अध्यक्ष एकराज विश्वकर्माको सभापतित्वमा शिलन्यास भएको ५० मिटर लम्बाईको उक्त पुल २०७६ असार मसान्त सम्म पुरा गर्नेगरी रायमाझी दया निर्माण कम्पनिले ठेक्का लिएको छ। 

पुलको शिलन्यास भएसंगै गाउपालिकाको सिसै बजारसंग किसौली गाऊका बासिन्दाको आवतजावत सहज हुने भएको उक्त गाउपालिकाका अध्यक्ष किसुसन चौधरीले जनाए। अध्यक्ष चौधरीले भने, ‘किसुलीका जनता वर्षा शुरु भएसंगै विकट बस्तीका बासीन्दा जस्तै भएका थिए। अब पुल बन्ने भएपछि सो गाउको वारीपारी रहेका एक हजार घर धुरी खुसी भएका छन् । उनीहरुका बालबच्चा पानी पर्दा पनि सिसैमा पढ्न जानेछन्, बजार गर्न तथा औषधी उपचार गर्न पनि सिसै जान आउन सहज हुनेछ। ’

पुलको निर्माण सम्पन्न भएपछि सिसै किसुली हुदै पुर्व पश्चिम राजमार्गको बुद्धनगर सिधैं जोडिने भएको छ। उक्त खोलामा पुल नहुदा सामन्य पानी पर्दा समेत किसुलीका जनताहरुको सिसै संग सम्पर्क विच्छेद हुन पर्ने बाध्यता थियो। सो गाउका स्थानियले जनाए अनुसार खोलाले बगाएर अहिले सम्म ६ जना बालबालिकाको मृत्यु समेत भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।