शनिबार, जेठ २, २०८३

फोहोर बोकेका २८७ गाडी पुगे बञ्चरे

स्थानीयले अवरोध हटाएसँगै शुक्रबार २८७ फोहोर बोकेका गाडी ल्यान्डफिल साइट बञ्चरेडाँडा पुगेको महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फेसबुकमा जानकारी दिएका छन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडी सहज रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन्। स्थानीयले अवरोध हटाएसँगै शुक्रबार २८७ फोहोर बोकेका गाडी ल्यान्डफिल साइट बञ्चरेडाँडा पुगेको महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फेसबुकमा जानकारी दिएका छन्। 

National life

'आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेका छन्। यसमा साथ, सहयोग दिने सबैलाई धन्यवाद छ,' मेयर साहले लेखेका छन्। शुक्रबार बिहानैदेखि फोहोर बोकेर गएका गाडीमा कुनै अवरोध नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ। 

काठमाडौं महानगर, स्थानीय बासिन्दासहित सरोकारवाला निकायबीच भएको सहमतिपछि नियमित रुपमा फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुग्न थालेका हुन्। बिहीबार २ सय ८४ वटा गाडी बञ्चरेडाँडा पुगेका थिए। योसँगै महिनौंदेखि काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन हुने अपेक्षा गरिएको छ। एक सातायता बञ्चरेडाँडा क्षेत्रमा स्थानीयहरू फोहोर ओसार्न अवरोध गर्दै आएका थिए। त्यस क्रममा प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित र महानगरपालिका समेतले स्थानीय दलका नेता कार्यकर्ता र सरोकारवालासँग वार्तापछि बञ्चरेडाँडामा फोहोर लैजान सहज बनेको हो।

प्रकाशित: Aug 19, 2022| 20:23 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।