काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको बताएका छन्।
कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखसँग आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउनु पर्नेमा जोड दिए। ‘संविधानले तीनवटै तहको सरकारले कर लिन सक्ने भनेको छ’,देउवाले भने, ‘ध्यान दिएर मात्रै कर उठाउनुहोला।’
देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा अघि बढीहरेको आरोप लगाउँदै कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको आरोप लगाए।
कञ्चनपुरमा बलात्कार गरी किशोरीलाई राजनीतिक संरक्षण गर्न खोजिएको भन्दै देउवाले सरकराको आलोचना गरे। प्रशिक्षण प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे।
‘कांग्रेसको सरकार कहाँ छ भनेर खोज्यो भने स्थानीय तहमा मात्रै छ’ निधिले भने, ‘तपाईंहरुको कामले नै कांग्रेसले अर्को चुनावमा स्थान पाउँछ। त्यसैले अरुभन्दा फरक र उदाहरणीय काम गर्नुहोस।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४