मंगलबार, जेठ ८, २०८१

पेले र म्याराडोनासँग खेलेका श्याम थापाको फुटबल अनुभव

सुब्रतो मुखर्जी कप, इस्ट बंगाल, मोहन बगान, सन्तोष ट्रफी, नेपालको ब्वाइज युनियन, एसियन गेम्स हुँदै भारत भ्रमणमा आएका ब्राजिलका फुटबलर पेलेको टिम र अर्जेन्टिनाका म्यारोडनाको टिमसँग बराबरीमा खेलेका थापाको फुटबल मोह लोभलाग्दो छ।
 |  शनिबार, भदौ ४, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, भदौ ४, २०७९

‘मैले जीवनभरि भारतमा फुटबल खेलेको छु। तर राष्ट्रियताबारे प्रश्न आउँछ भने मेरो उत्तर हुनेछ– नेपाली। मलाई ‘प्योर’ नेपाली हो, भन्छु। गुल्मीमा जन्मिएँ। गुल्मीको भार्सेमा मेरो सबै परिवार छन्। मेरा मावलीहरू नेपालको सरकारी जागिरमा थिए। मामाका छोरा श्रीप्रसाद बुढाथोकी त मन्त्री नै भए’, श्याम थापाको भनाइ हो, यो।

triton college

फुटबलका जादूगर पेले र म्यारोडनासँग खेलेका थापा बाबु भारतीय सेनामा रहँदा खेललाई अगाडि बढाउन सकेको सुनाउँछन्। भारतीय सेनामा काम गरेका थापाले फुटबल खेलबारे सम्झिएको विगत यस्तो छः 

मेरो क्षेत्रका मानिस भारतीय आर्मीमा लाग्ने गरेका थिए। मेरो परिवारको पृष्ठभूमि आर्मीको हो। नेपाल होस् वा भारत। मेरो बुबा र काका भारतीय गोर्खा आर्मी रहे।

मेरो हजुरबुबा हिमाञ्चलबाट विवाह गरेर नेपाल आउनुभएको रहेछ। बुबा भारतको गोर्खा आर्मी भएपछि पोस्टिङ जता भयो, म त्यतै गएँ। बा आर्मीमा हुँदा धेरै सानो थिएँ। मथुरासम्मको यात्रा मानसपटलमा धमिलो गरी बसेको छ। हामी आर्मीको एरियामै बस्थ्यौं। पहिलो पटक भारत गएका बेला रेल चढेको हुँ। यो धेरै अघिको कुरा भयो।

मथुरा र देहरादुन धेरै बसेका ठाउँ हुन्। देहरादुन धेरै नेपाली भएको ठाउँ र गोर्खा आर्मीको केन्द्र पनि हो।

corrent noodles
Metro Mart

थमान गुरुङ (भिक्टोरिया क्रस पाएका आर्मी)को नाममा थमान होस्टल स्थापना गरिएको थियो। पेन्सन भएर नेपाल फर्किनेका छोराछोरीलाई होस्टलमा राखिएको हुन्थ्यो। यो सन् १९६१ तिरको कुरा हो। म गोर्खाज मिलिट्री स्कुलमा पढ्थें।

सुब्रतो मुखर्जी कप मेरो पहिलो पहिलो फुटबल प्रतियोगिता थियो। मेरो टिममा म सबैभन्दा बढी युवा खेलाडी थिएँ। यो १९६२ तिरको कुरा हुनुपर्छ। गोर्खाको टिमले उपाधि जितेको हो। त्यो नै मेरो पहिलो उपाधि थियो।

त्यो टिममा रामबहादुर, वीरबहादुरजस्ता खेलाडी पनि थिए। गोर्खा ब्रिगेडका मलाई मन परेका खलाडी थिए, रामबहादुर। ११ वर्षको हुँदा उनको अभ्यास हेर्न साइकल चढेरै जान्थें। उनी पनि नेपाली थिए, गोर्खा आर्मीका। उनीहरूचाहिँ इस्ट बंगालबाट खेल्ने गर्दथे। उपाधि जितेको केही वर्षपछि भारत–पाकिस्तान युद्ध सुरु भयो, १९६५ मा। आर्मीहरू त्यो युद्धमा व्यस्त थिए। यता, गोर्खा आर्मी र बंगालको खेल हुने भयो तर आर्मीले खेलाडी पठाएन।

म स्कुलमै थिएँ। पियन आएर भने, ‘प्रिन्सिपलको कल आएको छ।’ 

मलाई डर लाग्यो तर नगई सुखै थिएन, गएँ।

पहिलो वचनमै प्रिन्सिपलले सोधे, ‘तिमी गोर्खा ब्रिगेड टिमबाट खेल्ने हो?’

म अवाक् भएँ।

त्यो मेरो सपना थियो, जतिबेला १६ वर्षको मात्रै थिएँ। 

इस्ट बंगालविरुद्ध खेल्नु मेरो अर्को सपना थियो, जुन टिम त्यहाँ खेल्न आएको थियो। 

मैले प्रिन्सिपल सरलाई हुन्छ भनिदिएँ।

सुरुमा अवसर पाइएन। अन्तिममा १५ मिनेट पात्र पाएँ।

सुब्रतो मुखर्जी कप, इस्ट बंगाल, मोहन बगान, सन्तोष ट्रफी, नेपालको ब्वाइज युनियन, एसियन गेम्स हुँदै भारत भ्रमणमा आएका ब्राजिलका फुटबलर पेलेको टिम र अर्जेन्टिनाका म्यारोडनाको टिमसँग बराबरीमा खेलेका थापाको फुटबल मोह लोभलाग्दो छ।

ठूलो खेलमा खुब टेन्सन थियो। मेरो थाई पनि उतिबेला ठूलै थियो। राम्रो खेलें। मैले सुरुमै दुई–तीन जनालाई ड्रिबल गरें तर खेल हारियो।

त्यहाँ इस्ट बंगालको अध्यक्ष (उतिबेलाको टिम म्यानेजर पनि)आएका थिए। उनी राम्रो खेलाडी चिनिहाल्थे। अहिले लाग्छ, उनले नै मेरो खेल करियर बनाइदिए।

त्यतिबेला उनले सोधेका रहेछन्, ‘यो बच्चा कोलकत्तामा जान्छ? जान्छ भने ‘आई विल पिक हिम।’

अरूले भनेछन्– मेरो बुबाआमालाई सोध्नुपर्छ। सोधियो। मैले पनि ‘हाँ’ भनें। मेरो त सपनै थियो।

उतिबेला मलाई पैसाको कुरै थिएन। त्यहाँ खेल्ने खेलाडीको ग्राभिटीबारे पनि थाहा थिएन। तर मलाई सिजनको ३ हजार भारु दिने भनिएको थियो। यो मेरा लागि ठूलै कुरो भयो। घरबाट १५/२० रुपैयाँ आउने बेला ३ हजार कमाउने भइयो।

मलाई भारतीय सेनामा भर्ती होओस् भन्ने घरपरिवारको सपना थियो। पहिलो पटक कमाएको ३ हजार साथीलाई दिएँ। कमिज किनिदिएँ। दुई–तीन जना साथीहरूको पैसा आउन समय लाग्थ्यो, उनीहरूलाई दिन्थें। मलाई अझैसम्म कुरा गर्न, साथीसँग बस्न खुबै रमाइलो लाग्छ।

स्कुल पढ्दाको समय पनि क्या थियो! म फुटबल लिएर सुत्थें। जहाँ गए पनि खेल्ने गर्थें। कति पटक त स्कुलको नियम तोडेरै खेल्ने गरियो। अनुशासन पनि थियो।

अहिले त्यो समय बितेको ६ दशक बढी भइसकेको छ तर मैले अझै फुटबल छाड्न सकेको छैन। फुटबल यस्तो चीज हो, जुन खेलाडीलाई मात्र थाहा हुन्छ। खेलेर नाम कमाएँ। अब म कता जाऊँ भन्ने लाग्यो अनि यतै लागें।

उतिबेलै स्कुलको कप्तान थिएँ, म। तर फुटबलबाहेक कुस्ती, १०० मिटर स्प्रिन्ट रन, २०० मिटर अनि जिम्न्यास्टिकमा भाग लिन्थें। स्कुलमा कति साथीहरू मभन्दा राम्रा पनि थिए। भीम दाइसँग त्यही भेट भएको हो। उनले नेपालमा आएर राम्रो गरे। उनी मभन्दा राम्रा खेलाडी थिए। सायद अवसर नपाएकाले पनि हुन सक्छ।

इस्ट बंगाल पुगेपछि...
म पहिलो पटक इस्ट बंगालमा जाँदा भर्खरै मेट्रिक सकेको थिएँ। मलाई फुटबलमा अझै कौशल बनाउन सकिन्छ भनेर लगिए पनि अवसर पाइनँ। धेरै समयपछि एक दिन मैले हेरें, मेरो नाम प्लेइङ लिस्टमा रहेछ। शंकर मालियाले ‘आपका नाम लिस्टमे हे’ भने। उनले सतर्क भएर खेल्न अनुरोध गरिरहेका थिए।

मैले भनें,‘टेन्सन छैन।’

त्यतिबेला हाम्रो प्रतिद्वन्द्वी थियो, राजस्थान। केही ‘टेन्सन’ लिइनँ। कुल थिएँ। रंगशालाभरि धेरै मान्छे थिए। अनि विपक्षमा ७ फिटका थंगराज गोलकिपर थिए। उनी त्यतिबेला एसियाको बेस्ट गोलकिपरका रूपमा चिनिन्थे। त्यही गोलकिपरविरुद्ध पहिलो खेलमै ह्याट्रिक गरें। डेब्यू नै सानदार भयो।

थंगराजले खेलपछि मलाई काखमा राखेर पूरा रंगशालाको फन्को लगाइदिए। उनी बेस्ट थिए। तर त्यसको आज कुनै रेकर्डै  छैन। अहिले फुटबल टिभीमा हेर्न पाइन्छ। त्यतिबेला कहाँ पाइन्थ्यो? समय नै रेडियोको थियो।

भाष्करले जोशका साथ कमेन्ट्री गर्थ्यो, हिन्दीमा। त्यो कमेन्ट्रिी सुनेर सारा भारत पागल बनेको थियो। खेल चल्दै गर्दा बुबा र परिवारको दबाब आयो, आर्मीमा भर्ती हुनू भनेर। म मेट्रिक पास गरेको मान्छे भनेर आर्मीमा जाने भएँ। मलाई कोलकत्ता जान भनियो।

कलेजमा जाँदा भित्र बस्नै सकिनँ। इस्ट बंगालको खेलाडी कलेजमा छ भनेपछि केटीहरू आएर मलाई बस्नै दिएनन्। त्यो दिन लाजले फर्किएँ। पढ्न सजिलो पनि भएन। 

प्रकाशित: Aug 20, 2022| 12:52 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।