बिहीबार, असार ३२, २०८३

२० आंगिक क्याम्पसलार्इ ‘एमयु’ को सम्बन्धन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) देशका विभिन्न जिल्लाका २० वटा क्याम्पसलाई आंगिक क्याम्पसका रुपमा सम्बन्धन दिएको छ। 

एमयुलाई प्रादेशीक वा केन्द्रीय सरकारको मातहतबाट सञ्चालन गर्ने भन्ने बहस चलिरहेका बेला २० क्याम्पसले आंगिक सम्बन्धन प्राप्त गरेका हुन्। २० आंगिक क्याम्पसमध्ये १० वटा कार्यान्वयनमा आइसकेका छन् भने बाँकी १० वटाले भर्खरमात्र सम्बन्ध प्राप्त गरेका छन्। यसअघि नै सम्बन्ध प्राप्त गरिसकेका १० क्याम्पस र आइतबार सम्पन्न आठौं सिनेटले स्वीकृत दिएका थप १० क्याम्पस गरी २० वटा क्याम्पसले एमयुको आंगिक क्याम्पसको सम्बन्ध प्राप्त गरेका हुन्।
 
आठौं सिनेटले चामुण्डा क्याम्पस दैलेख, कोटदेवल जनआर्दश क्याम्पस दैलेख, गर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत, रेशुंगा बहुमुखी गुल्मी, पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँची, सिंजा बहुमुखी क्याम्पस जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस कपिलबस्तु, शहिद नारायणप्रसाद रामपुर क्याम्पस रुपेन्देही, शितल क्याम्पस चौरजहारी रुकुम र चतुररिहा बहुमुखि क्याम्पस मुगुलाई आंगिक क्याम्पस बनाउने निर्णय पारित गरेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्रकुमार मल्लले जानकारी दिए।

सिनेटले प्रदेश यसअघि नै सम्बन्धन प्राप्त गरिसकेका कर्णाली प्रदेशका भेरी शिक्षा क्याम्पस गुमी सुर्खेत, विद्याविपुर जनता बहुमुखी विद्यापुर सुर्खेत, नारायण क्याम्पस दैलेख, तिला कर्णाली बहुमुखी कालिकोट, रारा बहुमुखी मुगु, मुसीकोट खलंगा बहुमुखी क्याम्पस पश्चिम रुकुम, भेरी ज्ञनोदय क्याम्पस जाजरकोट र प्रदेश नं. ५ का बागेश्वरी बहुमुखी क्याम्पस कोहोलपुर बाँके, बबई बहुमुखी क्याम्पस गुलरिया बर्दियालाई आंगिक क्याम्पसका रुपमा कार्यान्वयनमा ल्याएको छ। ती क्याम्पसहरुमा यसै शैक्षिक सत्रदेखि अध्ययन-अध्यापन सुरु प्रक्रिया सुरु भएको छ।

यस्तै सिनेटले स्नातक तहमा थप दुई नयाँ संकाय समेत थप गर्ने भएको छ। विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कानून संकायमा स्नातक तहसम्मको पढाई सुरु गर्ने भएको छ। त्यस्तै कृषि संकायतर्फ वीएक्सी एजी विषय समेत सुरु गर्न सिनेटल स्विकृति दिएको छ।
 
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा सम्पन्न सिनेटले चालु आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ६५ लाख ५१ हजार ३३९ रुपैयाँको बजेट पारित गरेको सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए। केसीका अनुसार पूँजिगततर्फ ४९ करोड ३४ लाख र सञ्चालनतर्फ ६४ करोड ८१ लाख ५१ हजार ३३९ रुपैयाँ रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।