शुक्रबार, मंसिर २६, २०८२

उपत्यकामा कारबाहीमा परे ३ हजार बढी सवारी चालक

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन ३ हजार ६ जना सवारी चालकलाई ट्राफिक नियम उल्लंघन गरेकामा कारबाही गरेको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन ३ हजार ६ जना सवारी चालकलाई ट्राफिक नियम उल्लंघन गरेकामा कारबाही गरेको छ। 

National life

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका कारण विभिन्न स्थानमा कारबाही गरिएको बताएको हो। 

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक रहेको ट्राफिक प्रहरीले बताएको छ। 

यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।


प्रकाशित: Aug 19, 2022| 11:14 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।