शनिबार, जेठ २, २०८३

एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थी मृत फेला

नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य बिहीबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- नेपालगन्ज मेडिकल कलेजमा अध्यनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत २५ वर्षीय सिद्धार्थ वैश्य बिहीबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन्। 

National life

सिद्धार्थ कोहलपुर चिसापानीस्थित नेपालगन्ज मेडिकल कलेजको छात्रबासमा पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। 

सुसाइड नोटसमेत भेटेकाले आत्महत्याकै सम्भावना धेरै भएको प्रहरीको भनाइ छ। प्रहरीले सुसाइड नोटको कुरा बाहिर ल्याएको छैन।

सिद्धार्थ कहिले धेरै तनावमा देखिन्थे र कहिले एकदकै रमाइरहेको देखिने उनका साथीहरूले बताएका छन्। हुन्थे । उनले आमालाई स्तन क्यान्सर भएको कुरा साथीलाई सुनाउँथे।

नेपालगन्ज उपमहानगरपालिका–८ रानितलाउ निवासी सिद्धार्थका बुबा भन्सार कार्यलायमा काम गर्छन्।

प्रकाशित: Aug 19, 2022| 11:45 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।