चितवन- पूर्वी चितवनको रत्ननगरमा बोलेरो जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन। स्थानीयले अहिले सडक अवरुद्ध गरेको प्रहरीले जनाएको छ।