शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीलाई बलात्कार प्रयास गर्ने बैंकका म्यानेजर पक्राउ

कर्मचारीलाई बलात्कार प्रयास गर्ने बैंकका म्यानेजर पक्राउ

संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा महोत्तरीको गौशालाबाट एक जना सहकारीका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

महोत्तरी- संस्थाकै कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा महोत्तरीको गौशालाबाट एक जना सहकारीका म्यानेजरलाई प्रहरीले पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर सोनमा गाउँपालिका वडा नम्बर ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन्।

मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

युवतीले त्यहाँबाट भागेर इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन्। बिहीबार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 19, 2022| 08:20 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।