शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करातेका प्रशिक्षकविरुद्ध १५ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

करातेका प्रशिक्षकविरुद्ध १५ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

१९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका करातेका दुई जना प्रशिक्षकविरुद्ध १५ वर्षको कैद सजायको माग गर्दै मुद्दा दर्ता भएको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

विराटनगर– १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका करातेका दुई जना प्रशिक्षकविरुद्ध १५ वर्षको कैद सजायको माग गर्दै मुद्दा दर्ता भएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय मोरङले करातेका प्रशिक्षक विराटनगर महानगरपालिका–३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय सुरज भनिने अमर सुवेदीविरुद्ध जबरजस्ती करणी विहीबार मुद्दा दायर गरेको हो। 

१५ वर्ष कैद सजायको मागदाबीसहित वकिल कार्यालयले मुद्दा दायर गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

सुरज भनिने असर सुवेदी र विनोद राउत क्षेत्रीले सामूहिक रुपमा जबरजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ। अभियुक्तलाई तीन लाख जरिवाना गरी सो जरिवाना रकम पीडित राहत कोषमा जम्मा गर्नुपर्ने माग पनि सरकारी वकिल कार्यालयले गरेको छ। 

अभियुक्तले जबरजस्ती करणी गरेको अस्वीकार गरेका छन्। अभियुक्तसँग आगामी आइतबार अदालतले बयान लिने छ। राउत र सुवेदी गत साउन ८ गते पक्राउ परेका हुन्। 

राउत र सुवेदी राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्थायी नियुक्ति पाएका करातेका प्रशिक्षक हुन्। २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त गरिएका दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए।

प्रकाशित: Aug 19, 2022| 07:10 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।