बिहीबार, पुस ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो।
 |  शुक्रबार, भदौ ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

ntc landingntc landing

जनकपुरधाम- कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ। नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात् भारतीय पक्षले कमला नदीस्थित आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवा बजार तथा मल्हनियाँ लगायतका बस्ती सुरक्षित भएको हो।

himalayan bank box

नेपाल सरकारले नेपालतर्फको भूमिमा धेरै अघि नै तटबन्ध निर्माण गरे पनि भारतीय पक्षले आफ्नो करिब छ सय मिटर क्षेत्रफलमा तटबन्ध निर्माण नगर्दा बर्सेनि नेपाली बस्ती डुबानमा पर्दै आएको थियो तर यस वर्ष भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध निर्माण गरेपछि धनुषाको इनरुवा बजार, मल्हनियाँलगायतका बस्ती र जयनगर–कुर्था रेल्वे मार्गसमेत सुरक्षित भएको स्थानीयवासी मनोज यादवले बताए।

‘नेपाली भूमिमा बाँध निर्माण भए पनि करिब छ सय मिटर भारतीय भूमिमा बाँध निर्माण हुन नसक्दा हाम्रो इनरुवा बजार असुरक्षित थियो, बर्सेनि वर्षा याममा कमलाको बाढी बजारमा पुग्दा ठूलो कष्ट भोग्न बाध्य थियौँ”, उनले भने, “तर अब भारतीय पक्षले आफ्नो भूमिमा बाँध बनाएपछि पूर्णरुपले हामी सुरक्षित भएका छौँ।’ बाँध निर्माणपछि भारतीय बजार जयनगरसम्म पुग्नसमेत सहज भएको छ।

‘सीमावर्ती गाउँ बल्डीहा नजिकै लामो समयदेखि तटबन्ध नबन्दा पहिला स्थानीयलाई ठूलै सास्ती हुँदै आएको थियो’, जनकनन्दनी गाउँपालिकाका सफिक मियाँले भने, ‘नेपालतर्फको सबै ठाउँमा बाँध बनिसकेको थियो, तर बोर्डमै बाँध नबन्दा बर्सेनि डुबानसँगै भारतीय बजार जयननगरसम्म पुग्नसमेत सास्ती हुन्थ्यो।’

नेपाली पक्षको दबाब र प्रयासमा भारतीय पक्षले आफ्नो भूमिमा तटबन्ध बनाएको कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख विष्णुदेव यादवले बताउनुभयो। ‘हामीले भारतीय पक्षलाई ठाउँमा तटबन्ध बनाउन आग्रह गर्दै आएका थियौँ’, उनले भने। उक्त ठाउँमा तटबन्ध नहुँदा नेपाली बस्ती मात्रै डुबानको चपेटामा थियो।

vianet

भारतीय पक्षले बनाएको तटबन्धका कारण नेपाली भूमि मात्र सुरक्षित भएको छैन, यातायात सञ्चालन गर्नसमेत सहज भएको स्थानीयले बताएका छन्। पूर्वपश्चिम राजमार्गको पोर्ताहादेखि भारतीय सीमावर्ती क्षेत्रसम्म करिब ३५ किलोमिटरको सो तटबन्धबाट दैनिक सयौँको सङ्ख्यामा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन भारतीय बजारबाट ओहोरदोहोर गरिरहेका छन्।

यस्तै कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिराहाको करिब दुई दर्जनभन्दा बढी गाउँ बस्ती डुबान र कटानबाट सुरक्षित भएका छन्। धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा आउने बाढीका कारण बर्सेनि डुबान र कटानको समस्या खेप्दै नदी आसपासको गाउँ बस्ती तटबन्ध निर्माणसँगै सुरक्षित भएका हुन्। तटबन्ध निर्माणसँगै धनुषाको गणेशमान चारनाथ नगरपालिका, सबेला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका तथा सिराहाको कर्जन्हा नगरपालिका, कल्याणपुर नगरपालिका र सिराहा नगरपालिकाको विभिन्न वडाका गाउँ सुरक्षित भएको स्थानीयले बताएका छन्।

बस्ती संरक्षण तथा कटानमा परेका जग्गा उकासका लागि कमला नदी नियन्त्रण आयोजना जनकपुरधामले कमला नदीमा तटबन्ध निर्माण गरेपछि बस्ती मात्र सुरक्षित भएको छैन, ठूलो क्षेत्रफलमा जग्गा नदी उकाससमेत भएको छ। बस्ती सुरक्षित बनाउन कमला खोलामा माटो, चपरी तथा ढुङ्गा हालेर तटबन्ध निर्माण गरेपछि धनुषा र सिराहाको करिब २६ हजार आठ सय ८७ घरधुरी लाभान्वित भएको आयोजना प्रमुख यादवले जानकारी दिए।

कमला नदीमा ६८ दशमलव २५ किलोमिटर तटबन्ध बनाउँदा दुवैतर्फ करिब दुई हजार पाँच सय हेक्टर जग्गा उकास भएको छ भने ५० हजार हेक्टर खेतीयोग्य जग्गा सुरक्षित भएको छ। एक लाख ४५ हजार छ सय ५३ जना प्रत्यक्ष लाभान्वित भएका प्रमुख यादवले बताए। तटबन्ध निर्माणसँगै नदी कटान तथा डुबानबाट सुरक्षित भएको अनुभूति गर्दै स्थानीयले उकास भएका जग्गामा धमाधम खेतीपातीका साथै घेरवार गरी नर्सरी बनाउन थालेका छन्।   -रासस

प्रकाशित: Aug 19, 2022| 07:00 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।