सोमबार, मंसिर १८, २०८०

भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम सुरु

नगरपालिकाका ९ वटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो।
 |  शुक्रबार, भदौ ३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

स्याङ्जा- स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ। नगरपालिकाका ९ वटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडि परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो।

sagarmatha cement

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराबाट विनियोजन भएको १ करोड ४० लाख र नगरपालिकाबाट ६० लाखको लागत साझेदारीमा चालु आर्थिक वर्ष २०७९/८० को सुरुआत चरणबाट कार्य थालिएको भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

पालिकाका ९ वटै वडावासीको माग तथा त्यहाँको सम्भावनाका आधारमा बङ्गुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको हो। बङ्गुर, बाख्रा तथा सुन्तला पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम पनि २५ परिवार आबद्ध भएको समूह आवश्यक पर्छ।

नगरपालिकाले बङ्गुर पकेट कार्यक्रमकालागि २५ परिवार आबद्ध रहेको दुई समूह, बाख्राका लागि २५ परिवार आबद्ध रहेको तीन समूह र सुन्तलाका लागि २५ परिवार आबद्ध रहेको दुई समूहलाई वडा/वडामा छनोट गर्न लागेको उनले बताए।

‘विशेष गरी आर्थिक र सामाजिक हिसाबले पछाडि परेका महिला, दलित तथा अतिविपन्न समुदायलाई आर्थिक उपार्जनसँग जोड्दै स्वावलम्बी बनाउने लक्ष्यसहित कार्यक्रम निर्धारण गरिएको हो’, उनले भने, ‘यो कार्यक्रमबाट न्यूनतम पनि एकसय ७५ परिवार प्रत्येक्ष लाभान्वित हुने छन्।’

बङ्गुर र बाख्रा पकेट कार्यक्रम सञ्चालन भएका ठाउँका किसानलाई वस्तुगत सहायता, यन्त्र उपकरण, खोर निर्माण, औषधि, प्राविधिक सहयोग, बङ्गुर तथा बाख्राका पाठापाठी, माउ उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिने छ।

सुन्तला पकेटकालागि सुन्तलाका बिरूवा, कीटनाशक औषधि, मलखाद, सिँचाइका उपकरण, टिप्ने, काट्ने औजार तथा तालिम दिइने उनले बताए। भीरकोट नगरपालिकाका वडा नं-१, २, ५, ६, ८ र ९ मा बङ्गुर पकेट, २, ३, ४, ६, ७, ८ र ९ मा बाख्रा पकेट तथा वडा नं-१ र ७ मा सुन्तला पकेट निर्धारण गरी कार्य थालिएको हो।

नगरपालिकाले चालु आवका लागि कृषिलाई प्राथमिकतामा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश पोखरा, भीरकोट नगरपालिका र युएनडिपीको साझेदारीमा झण्डै ६ करोड विनियोजन गरेको उनले बताए।

प्रकाशित: Aug 19, 2022| 06:30 शुक्रबार, भदौ ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्