मंगलबार, जेठ २६, २०८३

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

वाशिङ्टन- अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ। 

National life

ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउँन साङ्केतिक प्रयासस्वरुप वासिङटनले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो। सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङटनले व्यापार वार्ताको घोषणा गरेको हो।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बेइजिङसँगको तनावबारे केही उल्लेख गरेको छैन तर व्यापार र नियामक सहयोग बढाउन औपचारिक वार्ता हुन लागेको बताएको छ। एशिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रपति जो बाइडेनका संयोजक कर्ट क्याम्पबेलले गत साता ताइवानसँगको अमेरिकी सम्बन्धलाई सघन बनाउने प्रयासस्वरूप व्यापार वार्ता हुनलागेको गत साता सञ्चारकर्मीलाई बताएका थिए। उनले ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि स्पष्ट गरेका थिए।

संयुक्त राज्य अमेरिकाको ताइवानसँग कुनै आधिकारिक सम्बन्ध छैन तर यसको अनौपचारिक दूतावासको काम ताइवानस्थित अमेरिकन इन्स्टिच्युटले गर्दै आएको छ। वासिङ्टनले चीन र ताइवानको हैसियतमा कुनै अडान नराख्ने तर उनीहरूको विवाद शान्तिपूर्णरूपमा समाधान गर्न चाहेको बताएको छ।    

सन् १९४९ को गृहयुद्धपछि चीन र ताइवान विभाजन भएका थिए तर चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेर ‘एक राष्ट्र दुई प्रणाली’अनुसार त्यहाँ चिनियाँ शासन प्रणाली लागू गरेको छ। बेलाबेलामा बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनःदाबी गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ। 

Shivam cement

अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ। उसले ताइपेइलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँग अनौपचारिक रक्षालगायत अन्य सम्बन्धलाई पनि कायम राखेको छ। 


प्रकाशित: Aug 19, 2022| 04:05 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।