शुक्रबार, मंसिर २२, २०८०

जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी कोरोना संक्रमित थपिए

जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ।
 |  शुक्रबार, भदौ ३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

टोकियो- जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ।

sagarmatha cement

यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो। कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन्।

जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैया पाउन कठिन भएको बताएका छन्। यसैबीच बिहीबार सिंगापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन्। योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ।  

त्यसैगरी बिहीबार उक्त संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ। 

प्रकाशित: Aug 19, 2022| 00:16 शुक्रबार, भदौ ३, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्