बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी कोरोना संक्रमित थपिए

जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी कोरोना संक्रमित थपिए

जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

टोकियो- जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ।

National life

यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो। कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन्।

जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैया पाउन कठिन भएको बताएका छन्। यसैबीच बिहीबार सिंगापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन्। योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ।  

त्यसैगरी बिहीबार उक्त संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ। 

प्रकाशित: Aug 19, 2022| 00:16 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।