बुधबार, फागुन २०, २०८२

स्वीडेनमा जन्मदर अत्यन्त न्यून

स्वीडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्यांक सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

स्टकहोम- स्वीडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्यांक सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो।  

स्वीडेनको तथ्यांक अधिकारीहरूले औपचारिक रुपमा बिहीबार दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६५० जना जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६.७ प्रतिशत कम हो।

उनले सन् २००६ पछिकै सबैभन्दा कम जन्मदर यस वर्षको अघिल्लो छ महिनामा देखिएको जानकारी दिए।

स्वीडेनका जनसङ्ख्या शास्त्री टोमस जोनसनले यस वर्षका हरेक महिना अघिल्लो वर्षका हरेक महिनाभन्दा कम जन्मदर देखिएको बताए। जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूको भनाई छ। प्राध्यापक गुनार अन्डेर्सन जन्मदर घट्नुलाई विभिन्न तरिकाले हेर्न सकिने बताउछन्।

सामान्यतयाः कोरोना भाइरसको महामारी, कोरोना भाइरस विरुद्धको खोप अभियान, आर्थिक सङ्कट लगायतका कारण मुख्य कारण हुन सक्ने उनको बुझाई छ।

kumari

गत जुन ३० सम्मको तथ्याङ्क अनुसार स्विडेनको अहिलेको कुल जनसङ्ख्या एक करोड चार लाख ८७ हजार ८५९ रहेको छ। 

प्रकाशित: Aug 19, 2022| 04:40 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।