बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • न्युजिल्यान्डमा आएको ‘डरलाग्दो’ बाढीका कारण सयौंलाई सुरक्षित स्थानमा सारियो

न्युजिल्यान्डमा आएको ‘डरलाग्दो’ बाढीका कारण सयौंलाई सुरक्षित स्थानमा सारियो

न्युजिल्यान्डको दक्षिणी टापुमा बिहीबार आएको बाढीका कारण सयौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन्। मुलुकका मुख्य गरी तीन क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

वेलिंटन- न्युजिल्यान्डको दक्षिणी टापुमा बिहीबार आएको बाढीका कारण सयौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन्। मुलुकका मुख्य गरी तीन क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

उष्ण कटिबन्धीय मौसमका कारण आउने आँधीले दक्षिण टापुका केही भागमा ३० सेन्टिमिटर (११ इन्च) भन्दा बढी वर्षा गराएको छ, जसका कारण नदीहरूमा बाढी आई उनीहरूले विभिन्न स्थानमा नदीले भू–क्षय गरी बस्ती र कृषिजन्य जमिनलाई डुबाउने खतरा बढेको छ।

अत्यधिक मौसमका कारण रुखहरु पनि ढलेका छन् भने मुख्य सडकहरु अवरुद्ध भएका छन्। पश्चिमी तटमा रहेको बुलर र नेल्सनमा बुधबार आपतकालीन अवस्था घोषणा गरिएको छ, जहाँ १५ घण्टामा एक महिनामा भन्दा बढी वर्षा भएपछि २३३ परिवारलाई सुरक्षित स्थलमा सारिएको छ।

व्यापक बर्षाका कारण नेल्सनको मुख्य नदी मैताईमा ठूलो बाढी आएको र नदीले प्राकृतिक मार्ग (धार) परिवर्तन गर्दै घर, पाइप र सडकहरू खोलेको छ भने बस्ती तथा जमीनमा दुई फिटभन्दा बढी पानी जमेको छ। सहरका मेयर रचेल रीजले बाढीलाई ‘एकसय वर्षमा एक पटक हुने घटना’ बताउनुभएको छ। खोजी र उद्धार टोलीहरू र सैन्य कर्मचारीहरूले जलमग्न सडकमा मानिसहरूलाई मद्दत गरिरहेका छन्। 

रीजले बाढीका कारण ढलहरू फुटेकाले स्थानीयहरूलाई सबै पानीलाई दूषित पानीको रूपमा व्यवहार गर्न चेतावनी दिए। नेल्सननिवासी साम लाग्रुट्टाले प्रहरीले घरबाट बाहिर निस्कन पाँच मिनेटमात्र समय दिएको भन्दै स्थिति भयावह रहेको बताएका छन्। 

kumari

न्युजिल्यान्ड हेराल्डसँग कुरा गर्दै उनले भने, 'मैले हाते व्याग समातेर त्यसमा पासपोर्ट, वालेट र मैले फेला पार्न सक्ने कुनै पनि महत्वपूर्ण चीज राखेँ र सुरक्षा अधिकारीको निर्देशनलाई पछ्याउँदै सुरक्षित स्थानतर्फ भागेँ।'

दक्षिण टापुको पश्चिमी तटका थप १६० घरधुरीलाई पनि खाली गर्न भनिएको छ। बुलर हालैका वर्षहरूमा बारम्बार बाढीको चपेटामा पर्दै आएको छ। मेयर जेमी क्लिनले भने, 'बारम्बार स्थानान्तरण गर्दा समुदायमा असर परेको छ, जुन अहिले थप बाढीको चपेटामा परेको छ।'

उनले भने, 'यो आर्थिक र मानसिक रूपमा मानिसहरूका लागि अत्यन्तै चिन्ताजनक छ। जबसम्म दीर्घकालीन समाधान हुन सक्दैन यो हाम्रो लागि निरन्तरको बाध्यता बन्‍नेछ।' देशका आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले बिहीबार नेल्सनको भ्रमण गरी बाढीप्रभावित शहरलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। 

'मौसमले ठूलो क्षति पुर्‍याएको छ र अत्यन्तै विध्वंसकारी भएको छ,' उनले पत्रकारहरूसँग भने, 'क्षतिको पूर्ण लागत आउन अझै समय लाग्ने भए तापनि प्रारम्भिक आकस्मिक सहयोगका लागि सरकारले राहतको व्यवस्था गरेको छ।'

न्युजिल्याण्डको उत्तरी टापु पनि खराब मौसमबाट प्रभावित भएको छ। नर्थल्याण्डमा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चलेको छ र ‘स्टेट हाइवे वन’मा रुख ढलेर भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन्। 

गत महिना (जुलाई) मा न्युजिल्याण्डको इतिहासमा नै ठूलो वर्षा भएको थियो भने खराब मौसम यस साताको अन्त्यसम्म जारी रहने देखिएको मौसम विज्ञान पूर्वानुमान कार्यालयहरूले जनाएका छन्। न्युजिल्यान्डका २० हजार घरमध्ये करिब एक प्रतिशत घर बाढीको जोखिममा छन्।


प्रकाशित: Aug 18, 2022| 23:45 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।