बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा बाढी पहिरोका कारण एक दिनमा १४ को मृत्यु, १४ जना घाइते

पाकिस्तानमा बाढी पहिरोका कारण एक दिनमा १४ को मृत्यु, १४ जना घाइते

पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

इस्लामावाद- पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा पनि अत्यधिक वर्षाका कारण बाढी पहिरो लगायतका वर्षा सम्बन्धी विभिन्न घटना भएका छन्।  

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा मृत्यु भएका मध्ये पाँच जना बालबालिका र आठ जना महिला रहेका छन्। उनीहरूको देशका विभिन्न ठाउँमा भएका घटनामा परी मृत्यु भएको हो।

प्रदेशगत तरिकाले हेर्दा सबैभन्दा बढी देशको उत्तर पश्चिमी खैबर पख्तुन्खवा प्रान्तमा १० जनाको मृत्यु भएको छ। त्यसपछिको सबैभन्दा धेरै चार जना सिन्ध प्रान्तमा मृत्यु भएको प्राधिकरणले जनाएको छ। सोही अवधिमा ३५२ घर क्षतिग्रस्त भएका छन्।

प्रकाशित: Aug 18, 2022| 23:10 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।