बिहीबार, असार ३२, २०८३

उपत्यकामा गाईजात्राको रौनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विशेषगरी नेवार समुदाय बसोबास गर्ने विभिन्न जिल्लामा गाईजात्रा मनाउने गरिन्छ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन, दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा शुरु गरिएको इतिहासमा उल्लेख छ।

राजाले वर्षदिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ।  काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर यो जात्रा मनाउने चलन अझै छ। 

ओखलढुंगा, भोजपुर, संखुवासभाका चैनपुर, खाँदबारीलगायत ठाउँ, सुनसरीको धरान, बागलुङ, पाल्पालगायत नेवार समुदायको बसोबास भएका क्षेत्रमा पनि यो जात्रा मनाउने गरिन्छ। 

यसै दिन व्यंग्यात्मक प्रदर्शन, प्रहसन तथा प्रकाशनहरूमा व्यंग्यपूर्ण रचना प्रकाशित गर्ने चलन छ। गाईजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।






तस्बिर/भिडियो : सन्ध्या श्रेष्ठ/नेपाल समय
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।