शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचार नियन्त्रणका कानुन कार्यान्वयन कमजोर भएकोमा विज्ञको चिन्ता

भ्रष्टाचार नियन्त्रणका कानुन कार्यान्वयन कमजोर भएकोमा विज्ञको चिन्ता

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपाल स्थापनाको २७ औँ वर्षका अवसरमा आज आयोजित ‘भ्रष्टाचार निवारण सम्बन्धी विचाराधीन विधेयक विषयमा छलफल’ कार्यक्रमका वक्ताले देशमा संस्थागत अनियमितताका घटना बढ्दै गएकाले यसको नियन्त्रणका लागि जागरण आवश्यक भएकामा जोड दिए।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- भ्रष्टाचार नियन्त्रणका लागि धेरै कानुन बनाएर राज्य एवं सरकारी संयन्त्र स्थापना गरेपनि आशातीत काम हुन नसकेकामा चिन्ता प्रकट गरिएको छ। 

National life

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपाल स्थापनाको २७ औँ वर्षका अवसरमा आज आयोजित ‘भ्रष्टाचार निवारण सम्बन्धी विचाराधीन विधेयक विषयमा छलफल’ कार्यक्रमका वक्ताले देशमा संस्थागत अनियमितताका घटना बढ्दै गएकाले यसको नियन्त्रणका लागि जागरण आवश्यक भएकामा जोड दिए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता प्रा.डा. सूर्य ढुङ्गेलले भ्रष्टाचार निवारणका लागि नेपालमा ५० वटा कानून र २० वटा नेपालले अनुमोदन गरेका सन्धि, महासन्धि भएपनि कार्यान्वयन राम्रो नहुँदा समस्या आएको बताए। न्यायपालिका, संवैधानिक आयोगजस्ता निकायमा राजनीतिकरणले भ्रष्टाचार संस्थागत बनेको उहाँको भनाई थियो। यी सबै निकायलाई औँला ठड्याउने सञ्चारमाध्यमसमेत विभाजित रहेकाले जटिल समस्या आएको ढुङ्गेलले बताए।

कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले नीतिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कारबाही अघि बढाउन नसक्ने व्यवस्था रहेकाले ऐन संशोधन गरी यो व्यवस्थालाई हटाउनुपर्ने माग राखे। 

राजनीतिक नेतृत्वकै कारण भ्रष्टाचार बढेकाले जागरणको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो। पूर्व न्यायधीश एवं वरिष्ठ अधिवक्ता प्रकाश वस्तीले भ्रष्टाचार नियन्त्रणका लागि इच्छाशक्ति महत्वपूर्ण हुने विचार राखे। 

कार्यक्रममा टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, महासचिव मुकुन्दबहादुर प्रधान, कोषाध्यक्ष किरण थापाल, वरिष्ठ अधिकृत सविता शर्मालगायतले भ्रष्टाचार संस्थागत हुँदै गएकाले सामाजिक जागरणका माध्यमबाट यसलाई रोक्न सचेतवर्ग लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: Aug 18, 2022| 22:45 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।