शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार मुद्दामा फसाउने धम्की दिएर १२ लाख असुली, ४ महिला र १ पुरुष पक्राउ

बलात्कार मुद्दामा फसाउने धम्की दिएर १२ लाख असुली, ४ महिला र १ पुरुष पक्राउ

दाङको नारायणपुरका एक व्यवसायीलाई बलात्कारको धम्की दिएर १२ लाख असुली गरेको आरोपमा चार महिलासहित पाँच जना पक्राउ परेका छन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- दाङको नारायणपुरका एक व्यवसायीलाई बलात्कारको धम्की दिएर १२ लाख असुली गरेको आरोपमा चार महिलासहित पाँच जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन्।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्तीमगरलाई योजनाबद्धरुपमा साउन २६ गते राति प्रमिलाको कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। सुरुमा उनीहरुले घोराही बजारमा रहेको घेडेरी माग गरेको र पछि १२ लाख २० हजार रुपया लिएको उनले जानकारी दिए। उनीहरुले १ लाख नगद, २/२ लाखका दुई थान चेक र ७ लाख २० हजारको अर्को चेक लिएको अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेका पाँच जनाका साथै स्थानीय अजय बुढाथोकी र लोकेन्द्र मगर समेतको सहभागितामा एक महिनादेखि दिनेशलाई फसाएर रकम असुल्ने योजना बनेको प्रमाणहरु फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए। 

अजय र लोकेन्द्र फरार रहेको र उनीहरुको खोजी भइरहेको डीएसपी गौतमले जानकारी दिए। गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना बनाइएको पाइएको छ। 

कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बलात्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरुले रकम असुलेको गौतमले बताए। उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको उनले बताए। 




प्रकाशित: Aug 18, 2022| 19:58 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।