शनिबार, जेठ २, २०८३

पाटनमा श्रीकृष्णाष्टमी पर्वको रौनक

बिहीबार मध्यरातदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारी थालिएको हो।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं– श्रीकृष्णाष्टमी अवसरमा ललितपुरको ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ। भाद्र कृष्णाष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको घुइँचो लाग्ने गर्छ।  

National life

मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुविधाका लागि तयारी भइरहेको बताए। उनले भने, ‘बिहीबार मध्यरातदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हौं।’ दर्शनार्थीलाई व्यवस्थित रूपमा मन्दिर दर्शन गराइने उनले बताए। 

महिला तथा पुरुष भक्तजनलाई छुट्टाछुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायले जानकारी दिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिसर क्षेत्रमा आवश्यक शान्ति–सुरक्षाको व्यवस्था मिलाइएको बताए।  गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो।

पाटनमा उक्त मेलासँगै भीमसेन खटजात्रा, मच्छिन्द्रनाथ जात्रा एवं कार्तिक नाचसमेत मञ्चन गर्ने गरिन्छ। सो कृष्णमन्दिर मुलुकमा शिखर शैलीमा ढुंगैढुंगाबाट निर्मित २१ गजुर भएको एक मात्रै धार्मिक तीर्थस्थल हो।–रासस

प्रकाशित: Aug 18, 2022| 16:30 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।