मंगलबार, मंसिर १९, २०८०

फागुन १९ मा आँचल र विवेकको ‘बर एन्ड बधु’

मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ।
 |  बिहीबार, भदौ २, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ। रोमानियामा चलचित्रको छायांकन सकेर नेपाल आए लगतै यसको निर्माण टिमले चलचित्रको प्रदर्शन मिति तय गरेको हो।

sagarmatha cement

निर्देशक चाम्सले दिएको जानकारी अनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो चलचित्र फागुणको १९ गतेबाट रिलिज हुनेछ। वितरकसँग सल्लाहा गरेर फागुणलाई प्रदर्शन मिति तय गरिएको चाम्सले बताए। यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ। रोमानियामा छायांकनका केही तस्वीर समेत निर्माणपक्षले सार्वजनिक गरेको थियो, जसमा आँचल र विवेक रोमान्टिक देखिएका छन्।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र तयार भएको हो। चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन्। चलचित्रमा जानुका थापाको लगानी छ। भदौ र असोजपछि नेपाली चलचित्रका निर्माताको आँखा फागुण महिनामा बढी देखिएको छ। मंसिरको निर्वाचन र त्यसलगतै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुण र चैत्रलाई टार्गेट गरिरहेका छन्।

रोमान्टिक चलचित्रमा मिलन चाम्सले आफ्नो छुट्टै छाप छाडिसकेकाले पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षामा रहने निश्चित छ। 


प्रकाशित: Aug 18, 2022| 16:27 बिहीबार, भदौ २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।