शनिबार, जेठ २, २०८३

एमालेले नागरिकतामा राजनीति गरेको नेता पुनको आरोप

नागरिकताविहीन लाखौं नेपाली बाआमाका सन्तानलाई नागरिकता दिने गरी ल्याइएको विधयेकमा सत्तापक्ष–प्रतिपक्ष सबैको साथ हुनुपर्ने नेता पुनको आग्रह।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन्।नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसद्बाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे।

National life

बिहीबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउन सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘गृहमन्त्रीले यो विधेयक मुलुकको आवश्यक्ताका लागि ल्याइएको भन्नुभएको छ। खासगरी यसमा लाखौं नेपाली नागरिक, जसका बुबा नेपाली नागरिक हुन्। जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेका छन्। उनीहरुका छोराछोरी अथवा त्यस्ता नागरिकका छोराले नागरिकता नपाएको अवस्था रहिरहनु उचित हुन्न। 

वैवाहिक अंगीकृतलगायतका विषयमा पुनः छलफल गर्न सकिने उनले बताए। यो विषय तत्कालीन केपी ओली नेतृत्वको सरकारले पनि विधेयकका रूपमा प्रस्तुत गरेको उनको दाबी छ। उनले भने, ‘नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाऔं। बरु परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं।’ 

नेता पुनले ओली नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको सोसम्बन्धी विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे।

प्रकाशित: Aug 18, 2022| 14:55 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।