शनिबार, जेठ २, २०८३

देशका विभिन्न स्थानमा चार जना मृत फेला

देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा गरी चार जना मृत फेला परेका हुन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा चार जना मृत फेला परेका छन्। चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा गरी चार जना मृत फेला परेका हुन्। 

National life

चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ मजुवास्थित खकरा खोलाको दहमा हाल पहिचान नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।

झापाको कन्काई नगरपालिका–५ तारघेरास्थित सडकमा सोही ठाउँ बस्ने २९ वर्षीया सनती मुर्मु बुधबार मृत अवस्थामा फेला परेकी छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ नाङ्गेजन डाँडा बस्ने ४५ वर्षीया कमला लाम्गादे आफ्नै घर नजिकको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 18, 2022| 14:19 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।