बिहीबार, असार ३२, २०८३

मोरङका तीन अपराध : किन पत्ता लागेनन् दोषी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- गत २७ साउनमा विराटनगर महानगरपालिका परिसरमा बम विष्फोट भयो। मेयरको कार्यकक्षनजिकै विस्फोट भएको बमको छर्राले उनी चढ्ने गाडीको सिसा फुट्यो। कुर्सी, टेबल र झ्यालका सिसा झर्‍यामझुरुम भए। नजिकै मानिस नभएकाले मानवीय क्षति भने हुन पाएन। विस्फोट भएको दिन महानगरको सीसी क्यामेराले काम नगरेको रिपोर्ट आयो।

उक्त घटनाको जिम्मेवारी प्रदेश-२ बाट गोइत समूहले लिएको प्रचारबाजी भयो। घटनालगत्तै मेयर भीम पराजुलीले सुरक्षाका लागि पीएसओ पाएका छन्। तर, विस्फोटका दोषीहरूको प्रष्ट पहिचान भएकै छैन। महानगरका कर्मचारी विस्फोटको कारण र पात्रबारे जानकारीविहीन छन्।

यस्तै, २९ साउनमा मोरङको लेटाङ-९ जाँतेस्थित श्रीउच्च माविको बायोफिल्टे«ड ट्यांकको ‘शुद्ध’ पानी पिउने २९ जना बिरामी परे। ‘साइप्रिन’ नामक कीटनासक औषधी खानेपानी ट्यांकीमा हालिएको पाइयो। समयमै स्थानीय अस्पतालमा पुर्‍याउन पाएका कारण मानवीय क्षति हुन पाएन।

यदि सडक सुविधाबाट केही टाढा भएको र विद्यालयले समयमै अस्पताल नपुर्‍याएको भए धेरै विद्यार्थीको ज्यान जोखिममा थियो। विद्यालयका शिक्षक थानेश्वर गौतमका अनुसार उपचार सकेर सबै बिरामी घर फर्केका छन्। तर, अझै उनीहरू बिरामी पर्ने समस्या छँदैछ। यस्तो जघन्य अपराधको दुई साता बित्न लाग्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

यसैगरी, २ भदौमा विराटनगर महानगरमा हार्डवेयर पसलका सुरक्षा गार्ड टंक भट्टराईको विभत्स हत्या भयो। आँखा फुटाएको अवस्थामा हत्या गरिएको भेटिएका उनी विराटनगर-२ स्थित न्यू बिक्की हार्डवेयरमा काम गर्थे। त्यस घटनाका दोषी भने आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

उनको हत्या ठेला चलाउँदै आएका विराटनगर-४ जामुनगाछीका सञ्जय सहनीले गरेको प्रहरीको भनाइ छ । सामान्य विवादको रिसमा सहनीले भट्टराईमाथि रड प्रहार गरेर हत्या भएको देखिएको प्रहरीले जनाएको छ । सहनी लागूऔषध दुव्र्यसनी भएको पनि अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान जारी छ- एसपी केसी

सातादिनको फरकमा प्रदेश-१ नै तरंगित गर्ने मोरङका तीन घटनाका दोषी पत्ता लगाउन प्रहरी असफल देखिएको छ। मोरङ कांग्रेसले सबै घटनाको निष्पक्ष छानविन गर्दै दोषी पत्ता लगाउन प्रहरीलाई ज्ञापन पत्र नै बुझाएको थियो।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अनुसन्धान जारी रहेको बताए। जाँतेको विद्यालयको पानीमा विष हालेको विषयमा दोषीनजिक पुगेको उनी बताउँछन्। यस्तै, विराटनगरको बम विस्फोट अनि गार्ड हत्याको पनि अनुसन्धान भइरहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘गम्भीर अपराधको अनुसन्धान भएकाले गहिरो गरी प्रमाण जुटाउँदैछौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।