शनिबार, जेठ २, २०८३

लियोको पदस्थापना तथा काउन्सिल बैठक काठमाडौंमा हुने

लियो जिल्ला परिषद् ३२५ आर नेपालका पदाधिकारीहरुको पदस्थापना तथा प्रथम काउन्सिल बैठक यही भदौ २५ गते काठमाडौंमा आयोजना हुने भएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- लियो जिल्ला परिषद् ३२५ आर नेपालका पदाधिकारीहरुको पदस्थापना तथा प्रथम काउन्सिल बैठक यही भदौ २५ गते काठमाडौंमा आयोजना हुने भएको छ।

National life

जिल्ला परिषद् ३२५ आर नेपालका अध्यक्ष लियो पुरुषोत्तम सुवेदीको नेतृत्वमा बनेको बोर्डले उक्त दिन लायन्स जिल्ला ३२५ आर नेपालका गभर्नरको उपस्थितिमा आ-आफ्नो जिम्मेवारी वहन गर्दै सपथ ग्रहण गर्नेछन्।

साथै उक्त दिन जिल्ला परिषद्का सम्पूर्ण क्लब अध्यक्षहरुसँग बैठक बसी विभिन्न प्रस्तावमाथि छलफल गरिने संस्थाका सचिव लियो विज्ञान पौडेलले बताए। समाज उत्थान, युवा परिचालन, नेतृत्व विकासको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको यस जिल्ला परिषद्ले उक्त दिन पनि उपस्थित सहभागीहरुका लागि नेतृत्व विकास तथा सीपमूलक कार्यक्रम राख्ने तयारी गरिरहेको कार्यक्रम संयोजक लियो दिपेश तिखत्रीले बताए।

कार्यक्रममा  काठमाडौं उपत्यकालगायत चितवन, नवलपरासी र तनहुँ जिल्लाबाट करिब ३ सय युवाको सहभागिता रहनेछ।

प्रकाशित: Aug 18, 2022| 12:26 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।