चितवन- बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले सोमबार बिहान २ः३० बजे भरतपुर महानगरपालिका-१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४