शनिबार, जेठ २, २०८३

रौतहटमा बस र अटोरिक्सा ठोक्किँदा तीन जनाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका वाड नम्बर-२ पूर्व पश्चिम राजमार्ग पर्ने जंगलमा बिहीबार बिहान बस र अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका वाड नम्बर-२ पूर्व पश्चिम राजमार्ग पर्ने जंगलमा बिहीबार बिहान बस र अटोरिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

National life

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बस र सर्लाहीबाट बिरगंजतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठक्कर खाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले जानकारी दिए।

दुर्घटनामा अटोमा सवार चार जना घाइते भएको र अस्पतालमा लगेपछि तीन जनालाई मृत घोषणा गरिएको डिएसपी जैसवारले जानकारी दिए। मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन्।

दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्टामा चोट लागेको छ। उनको थप उपचारको लागी बिरगंज न्युरो अस्पताल पठाइएको जैसवारले बताए। बस चालक नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान थालेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 18, 2022| 09:14 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।