मंगलबार, जेठ २६, २०८३

सुर्खेत : एमालेलाई वर्चश्व जोगाउने चुनौती, गठबन्धनमा अन्तर्घातको डर

स्थानीय चुनावमा तालमेल गरे पनि मत 'ट्रान्सफर' राम्रोसँग नभएकाले आगामी चुनावमा गठबन्धन नै भएपनि जित हासिल गर्नेमा गठबन्धनसम्बद्ध दलकै स्थानीय नेता विश्वस्त छैनन्।
 |  बिहीबार, भदौ २, २०७९

खगेन्द्र भट्टराई

खगेन्द्र भट्टराई

बिहीबार, भदौ २, २०७९

सुर्खेत- सरकारले प्रदेश र प्रतिनिधि सभाको मिति घोषणा गरेसँगै राजनीतिक दलहरुको जोडघटाउ पनि सुरु भएको छ। नेताहरू टिकटका लागि लबिइङ तीव्र पारेका छन् भने कार्यकर्ता मतको जोड घटाउमा व्यस्त छन्। २०७४ सालमा भएको प्रदेश र प्रतिनिधीसभा निर्वाचनको नतिजा र हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामका आधारमा अबको निर्वाचन नतिजाको आकलन गर्न थालिएको छ। 

National life

कर्णाली प्रदेशको राजधानीसमेत रहेको जिल्ला भएकाले सुर्खेतमा सबै राजनीतिक दल आफ्नो पक्षमा परिणाम निकाल्न चाहन्छन्। राष्ट्रिय राजनितीमा प्रभाव राख्ने नेताहरूले विगतमा पनि चुनाव लड्दै आएकाले सुर्खेतको नतिजालाई नेताहरूको अस्तित्वसँग पनि जोडेर हेर्ने गरिएको छ। 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी, एमालेका पोलिटब्युरो सदस्य यामलाल कँडेल, माओवादी केन्द्रका केन्द्रीय सदस्य नरबहादुर विष्ट, बिन्दमान विष्टलगायतका नेताहरु सुर्खेतकै भएकाले सुर्खेतमा सबै दलको परिणाम निकाल्न चाहन्छन्। 

 स्थानीय चुनावमा तालमेल गरे पनि मत 'ट्रान्सफर' राम्रोसँग नभएकाले आगामी चुनावमा गठबन्धन नै भएपनि जित हासिल गर्नेमा गठबन्धनसम्बद्ध दलकै स्थानीय नेता विश्वस्त छैनन्।

दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दलले नयाँ अनुहारलाई उम्मेदवारका रूपमा अघि बढाउने सम्भावना कम छ। एमालेबाट क्षेत्र नम्बर १ मा धुर्वकुमार शाही र २ मा यामलाल कँडेल लगभग निश्चित छन्। क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र २ मा पूर्वमन्त्री हृदयराम थानीलाई चुनौती दिने अरु नेता राजनीतिक पर्दामा देखिएका छैनन्। यद्यपि सत्ता गठबन्धनले तालमेल गरी चुनावमा जानुपर्ने भएकाले उनीहरूलाई नै टिकट पाउन सहज छैन। नेकपा माओवादी केन्द्रले गठबन्धनको निर्णयअनुसार जाने बताउँदै आएको छ। माओवादी केन्द्रमा प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा उम्मेदवार बन्ने आकांक्षी बढी छन्। 

२०७४ को निर्वाचनमा वाम गठबन्धनले सुर्खेत-१ मा कांग्रेसका खड्कालाई हराएको थियो। सुर्खेत-१ मा एमालेका धुव्रकुमार शाही विजयी हुँदा सुर्खेत-२ मा हृदयराम थानीलाई पराजित गर्दै एमालेकै नवराज रावत विजयी भएका थिए। सुर्खेतका चारै प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भएका थिए। 

Shivam cement

प्रकाशित: Aug 18, 2022| 09:24 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...