शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भगिनी साइनो गाँसेका २५ नगरलाई इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं महानगरको निम्तो

भगिनी साइनो गाँसेका २५ नगरलाई इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं महानगरको निम्तो

महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगर र दक्षिण एसियाली मुलुकबाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ नगरबाट प्रमुखलाई निमन्त्रणा गरिएको हो।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं– काठमाडौं महानगरले इन्द्रजात्रा अवलोकनका लागि विश्वका २५ नगरलाई निमन्त्रणा पठाएको छ। ८ साउनमा बसेको छैटौं कार्यपालिका बैठकको निर्णयअनुसार जात्रा हेर्न भगिनी सम्बन्ध भएका १८ वटा नगर र दक्षिण एसियाली मुलुकबाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ नगरबाट प्रमुखलाई निमन्त्रणा गरिएको महानगरका सहायक प्रवक्ता महेश काफ्लेले बताए।

National life

यस वर्षको इन्द्रजात्रा २४ भदौमा परेको छ। काफ्लेका अनुसार जात्रामा प्रमुखका साथमा चार अधिकारीसमेत निम्तो दिइएको छ। २५ नगरबाट चार जना सहभागी आउँदा १०० पाहुना आउनेछन्। तर निम्तो पठाइएका प्रतिनिधि आउने/नआउने अहिलेसम्म टुंगो लागेको छैन ।

‘कोभिड महामारी अझै सकिएको छैन । कुन–कुन पाहुना आउने/नआउने टुंगो छैन। निम्तो गरेका छौं। पाहुनालाई खाने, बस्ने र घुमाउने व्यवस्था महानगरले गर्नेछ,’ प्रवक्ता काफ्लेले भने।

२०७६ को इन्द्रजात्रामा ६ देशका १३ वटा नगरलाई निम्तो गरिएको थियो। तीमध्ये ५ देशका ११ नगरबाट चार जना मेयर, उपमेयर/उपाध्यक्षसहित ४१ पाहुनाले इन्द्रजात्रामा सहभागिता जनाएका थिए। हाल देशभित्रका पाँच र अन्तर्राष्ट्रिय स्तरका १८ नगरसँग महानगरको भगिनी सम्बन्ध छ।

प्रकाशित: Aug 17, 2022| 13:41 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।