शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ३० लाख नगद र सुनका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ

३० लाख नगद र सुनका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ

सर्लाहीको बरहथवाबाट प्रहरीले स्रोत नखुलेको ३० लाख नगद र सुनका गहनासहित दुई युवालाई पक्राउ गरेको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- सर्लाहीको बरहथवाबाट प्रहरीले स्रोत नखुलेको ३० लाख नगद र सुनका गहनासहित दुई युवालाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ घर भइ हाल काठमाडौं बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको दुवाकोट घर भएका ३१ वर्षीय विशाल खत्री रहेका छन्। 

उनीहरूको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ नगद र १९ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरका सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी विजय यादवले बताए।

मंगलबार प्रदेश २–०३३ प ७७५० नम्बरको मोटरसाइकलमा नयाँ रोडबाट हिरापुरतिर जाँदै गर्दा बरहथवा नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 17, 2022| 13:19 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।