बिहीबार, असार ३२, २०८३

कर्णाली लगानी सम्मेलन नजिकिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकास्थित कर्णाली प्राविधिक शिक्षालयमा विकासः सामथ्र्यको उजागरको लागि एक दिने लगानी सम्मेलन आयोजना हुने भएको छ । 

जुम्ला चन्दननाथ नगरपालिकाको पहलमा स्थानीय तहमा पहिलो पटक लगानी प्रवद्र्धन सम्मेलन आयोजना गर्न लागेको नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफल कार्यक्रममा चन्दननाथ नगरपालिका, जुम्लाका मेयर कान्तिका सेजुवालले बताइन् ।
 
कार्यक्रममा उनले भदौ २९ गते जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा उक्त सम्मेलन आयोजना गर्न लागेको जानकारी दिइन् । 

‘भौतिक विकास र मानव विकासका दृष्टिले पिछडीएको कर्णालीमा लगानी सम्मेलनले ठूलो अर्थ बोकेको छ,’ उनले भनिन् ‘जुम्लाको चन्दननाथ नगरपालिकाको अग्रसरतामा लगानी सम्मेलन आयोजना गर्न लागिएको भए पनि यसले समग्र कर्णाली प्रदेशको विकास र अग्रगमनको लक्ष्य लिएको छ ।’

उनले सम्मेलनका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री डा.युवराज खतिवडाले सम्बोधन गर्ने बताइन् ।  त्यस्तै सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेल, सदस्य मीनबहादुर शाहीले लगायतले सम्बोधन गर्ने भएका छन् ।
 
उनकाअनुसार सम्मेलनमा देशका प्रतिष्ठीत उद्योगी व्यवसायीहरु, सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाल स्थित कुटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् । 

सम्मेलनका क्रममा जुम्लामा रहेका लगानीका अवसरका क्रममा छलफल हुनेछ भने स्थानीय विज्ञहरुले कृषि, पर्यटन तथा गैरवन पैदावार (जडिबुटी)का सम्भावनाका सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछ । 

लगानी गर्न इच्छुकहरुले सम्मेलनका क्रममा लगानी सम्भवनाका आधारभूत सर्वेक्षण समेत गर्ने विश्वास नगरपालिकाले लिएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।