शुक्रबार, साउन १५, २०८३

देशका विभिन्न स्थानमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्। बारा, कलैया उपमहानगरपालिका-६ स्थित घरको पेटीमा करिब ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। मृत फेला परेका व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन।

संखुवासभा, खाँदबारी नगरपालिका-४ स्थित सडकमा सोही नगरपालिका-५ माल्टा वस्ने ५० वर्षीय तेज बहादुर घिमिरे मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै भोजपुर, रामप्रसाद राई गाउँपालिका-३ मन्सुरामस्थित मकैबाँरीमा सोही गाउँपालिका-१ ओख्रे बस्ने ६५ वर्षीय बौध बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

गाउँपालिकाको कार्यालय जान्छु भनी हिँडेकोमा साँझसम्म घर नफर्किएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 17, 2022| 13:05 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।