शनिबार, जेठ २, २०८३

दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक जना पक्राउ

काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

National life

काठमाडौं- काठमाडौं महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

दुई केजी खपेटासहित प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। 

उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Aug 17, 2022| 12:49 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।