मंगलबार, जेठ २६, २०८३

चुनावी खर्च विवरण नबुझाउने १ लाख बढी उम्मेदवारलाई आयोगको स्पष्टीकरण

निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण तोकिएको ढाँचामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं– स्थानीय तह चुनावको खर्च विवरण पेस नगर्ने १ लाख २३,७८३ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरूप स्पष्टीकरण सोधिएको बताएका हुन्।

National life

निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचनमा भएका खर्च विवरण तोकिएको ढाँचामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर तोकिएको समयावधिभित्र विवरण नबुझाउने १ लाख १५,१३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी बुझाउने ८,६५२ गरी १ लाख २३,७८३ जनालाई स्पष्टीकरण सोधेको हो। 

उनीहरूलाई आयोगले तोकिएको समयावधिभित्र के–कुन कारणले खर्च विवरण नबुझाएको र तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाएकामा निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो? भनी सफाइसहितको स्पष्टीकरण माग गरेको हो। स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले निर्देश दिएको छ।

आयोगले खर्च विवरण पेस गरेका २१,२३० जना उम्मेदवारको हकमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारले आफू उम्मेदवार भएको स्थानीय तहको कार्यालयमा सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य पदका उम्मेदवारले वडा कार्यालयमा सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। 

विवरण सार्वजनिक गरेपछि त्यसको जानकारी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयलाई उपलब्ध गराउन निर्देशनसमेत दिइएको छ। निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने उम्मेदवारको नाम थर, स्थानीय तह, उम्मेदवार भएको पद र निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको मितिसहितको एकीकृत विवरण तयार गरी सबै निर्वाचन कार्यालयलाई निर्वाचन आयोगमा पठाउन निर्देशन दिइएको छ।

Shivam cement

प्रकाशित: Aug 17, 2022| 11:51 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...