शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको बलमा आज पनि काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै

प्रहरीको बलमा आज पनि काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर प्रहरी परिचालन गरेर आज पनि बञ्चरेडाँडा लगिँदैछ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर प्रहरी परिचालन गरेर आज पनि बञ्चरेडाँडा लगिँदैछ। स्थानीयको अवरोधका बीच प्रशासनले प्रहरी परिचालन गरेर काठमाडौंको फोहोर व्यवस्थापनस्थल  बञ्चरेडाँडा लैजान लागिएको हो।

National life

प्रहरी प्रशासनको सहयोगमा मंगलबार १ सय ८६ गाडी फोहोर ल्यान्डफिल साइट लगिएको थियो। स्थानीय अवरोधपछि मंगलबार पनि प्रहरीले बल प्रयोग गरेको थियो। स्थानीयको अवरोधका बीच केही राउण्ड हवाई फायर समेत गरिएको थियो।

सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका माग पूरा हुनुपर्ने बताउँदै स्थानीले सडकमा अवरोध गर्दै आएका छन्। 

स्थानीयहरू बुधबार पनि बञ्चरे डाँडामा जम्मा भएर बसेका छन्। यता फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन्। 

प्रकाशित: Aug 17, 2022| 10:58 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।